एसइइ नजिता : गुल्मीमा संस्थागततर्फ ब्रिलियण्ट युनाइटेड एकेडमी प्रथम

0 205

शैक्षिक सत्र २०७८ को एसइइको नजितामा गुल्मीको तम्घासस्थित ब्रिलियण्ट युनाइटेड एकेडमी संस्थागत प्रथम एवम् संस्थागत र सामुदायिक विद्यालयतर्फ दोस्रो भएको छ । सोही अवसरमा आइतबार एकेडमीले एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

गत शैक्षिक सत्रको एसईईमा ब्रिलियण्ट युनाइटेड एकेडमीबाट १६ जना विद्यार्थी सहभािग भएका थिए । जसमा शाहिल बस्नेत, अर्विन खड्का र रीचा श्रेष्ठले ए प्लस ल्याएका छन् । अन्य विद्यार्थीमध्ये आठजनाले ए र बाँकी पाँच जनाले बी प्लस ल्याएका छन् । उत्तिर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुणनिधी शर्मा, प्रध्यानाध्यापक सन्तोष थापा लगायतले टिका, खादा र सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका ज्ञवालीले शैक्षिक स्थिति सुधारको लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रममा एसइइका विद्यार्थीहरुको तर्फबाट ए प्लस ल्याउने शाहिल बस्नेत र अभिभावकको तर्फबाट उनकै आमा खिमा बस्नेतले मन्तव्य राखेका थिए । कार्यक्रममा संचालक समितिका सदस्यहरु, सल्लाहकार, पत्रकार, विद्यार्थी एवम् अभिभावकहरुको सहभागिता रहेको थियो ।

ad

कार्यक्रम संचालक समिति अध्यक्ष गुणनिधी शर्माको अध्यक्षता एवम् शिक्षक गिरीराज भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।