मालिकाले ल्यायो ५४ करोड ९५ लाखको बजेट

0 191

गुल्मीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन गरेको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले ५४ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका हुन् । यस बर्ष गाउँपालिकाले कृषि, पर्यटन, रोजगार,स्वास्थ्य शिक्षा, घरेलु उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष अर्यालले जानकारी दिए ।

दोस्रो गाउँसभाबाट गाउँपालिका प्रमुख देवीराम अर्याललेको अध्यक्षतामा चालुतर्फ १० करोड ४६ लाख ७८ हजार रुपैयाँ र पुँजीगत तर्फ १२ करोड ४८ लाख ५० हजार रुपैयाँ बजेट गाउँपालिका उपाध्यक्ष अर्यालले प्रस्तुत गरेका हुन् । आम्दानी तर्फ संघीय समानिकरणमा १० करोड ३० लाख, संघ राजस्व बाँडफाँडमा ८ करोड ५२ लाख २१ हजार,प्रदेश समानिकरणमा ५४ लाख ७० हजार, प्रदेश राजस्व वाँडफाँडमा ६६लाख ३५ हजार, आन्तरिक आम्दानीमा २ करोड ९२ लाख २ हजार गरी कुल २२ करोड ९५ लाख २८ हजार विनियोजन भएको छ ।

क्षेत्रगत व्याय अन्तरर्गत आर्थिक क्षेत्रमा २ करोड १० लाख ९६ हजार,सामाजिक क्षेत्रतर्फ ४ करोड ५७ लाख ५२ हजार,पूर्वाधार विकासमा ८ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै वन,वातावरण तथा विपत् व्यावस्थापनमा ४४ लाख,सार्वाजानिक सेवा प्रवाह र सुशासनमा ६ करोड ९२ लाख ८० हजार गरी कुल २२ करोड ९५ लाख २८ हजार विनियोजन भएको छ । यस बर्षको बजेटमा आम्दानी र खर्च बराबर देखिएको छ ।

ad

आर्थिक वर्ष २०७९/०८० को लागि शिक्षातर्फ ३१ लख ५० हजार रुपैयाँ ,स्वास्थ्य क्षेत्रतर्फबाट ४५ लाख रुपैयाँ, कृषितर्फ २७ लाख रुपैयाँ, पशुतर्फ १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक सार्वाजानिक गरिएको बजेटमा सबै भन्दा बढि स्वास्थ्यमा कम पशुपालनमा विनियोजन गरिएको छ ।

आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै प्रत्येक वडाको सिमसार क्षेत्रमा अलैची खेतीको विस्तार र मालिका(८ मा कृषि बजारको संचालन तथा ब्याबस्थापन गरिने नीति तथा कार्याक्रममा उल्लेख गरिएको छ ।
पालिकाका सबै वडामा घुम्टी हाटबजार सञ्चालन गरी सालको पातबाट दुना,टपरी र वाँसबाट निर्माण हुने सामाग्रीलाई उत्पादन गरी घरेलु उद्योगलाई प्रोत्साहन गरिने छ । कोदो र फलफूलबाट स्थानीय मदिरा उत्पादन गरेर ब्राण्डिङ्ग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने छ ।

कलमजीवि पत्रकारको पेशालाई सम्मान गर्दै सिर्जनशिल तथा रचानात्मक र असल पत्रकारितामार्फत गाउँपालिकाको समृद्धि र विकासमा टेवा पुराउने पत्रकारलाई सम्मान, मालिकाबासीको घर घरमा खानेपानीका घारा जडान, सबै सडकको स्तरउन्नति गर्दै २ सय घरपरिवारलाई खरका छाना विस्थापित गरी सुरक्षित आवास निर्माण गरिने नीति तथा कार्यक्रममा पेश गरिएको छ ।

श्रम सम्बन्धलाई प्राथमिकता दिदैं सार्वाजानिक पूर्वाधार निर्माण,कृषि व्यवसायिक उद्योग,वित्तिय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड,बैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्नका बिषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । उपलब्ध स्रोत ,साधन,पुँजी,सिप एवं प्रविधिको उपयोगबाट औद्योगिक उत्पादकत्व र उत्पादनमा वृद्धि गर्ने गरी उद्योग क्षेत्रका कार्यक्रम संचालन गर्दै लघु कर्जामा पहुँच तथा व्यावसाय स्थापना र बजारीकरण गर्न परामर्श गरिने बिषयलाई कार्यक्रममा समावेश छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।