चन्द्रकोटमा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर, २१८ जनाले लिए सेवा

चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजना तथा लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग एवम् चन्द्रकोट आधारभूत अस्पताल शान्तिपुरको व्यवस्थापनमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको

0 268

महेश बोहरा, पौष ८, गुल्मी । चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजना तथा लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग एवम् चन्द्रकोट आधारभूत अस्पताल, शान्तिपुरको व्यवस्थापनमा मङलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा महिला प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वरिष्ठ डा. शर्मिला शर्मा, रेडियोलोजिस्ट वरिष्ठ डा. वसन्त शर्मा, हाडजोर्नी, नसा तथा मेरुदण्ड रोग विशेषज्ञ वरिष्ठ डा. जयराज शर्मा र डा. विकेश गुप्ता, जनरल फिजिसियन वरिष्ठ डा. महेशराज घिमिरे तथा डा. विजेश गुप्ता, बालरोग विशेषज्ञ डा. सजु अर्याल, एनेस्थेसिया विशेषज्ञ डा. हिमलाल भण्डारी तथा जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. आशिस मल्ल लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो।


स्वास्थ्य शिविरमार्फत निःशुल्क आँखा उपचार, ईसीजी, भिडियो एक्स–रे तथा प्रयोगशाला (ल्याब) परीक्षण सेवा समेत सञ्चालन गरिएको थियो। शिविरबाट कुल २१८ जना सेवाग्राहीहरूले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिएका थिए।

शिविरकै अवसरमा चन्द्रकोट गाउँपालिकाको समग्र स्वास्थ्य सेवाको सुदृढीकरणका लागि चन्द्रकोट आधारभूत अस्पताललाई सीबीसी हेमाटोलोजी एनालाइजर एक थान, ओपीओसीटी एनालाइजर एक थान, सेमी बायोकेमेस्ट्री एनालाइजर एक थान तथा सेन्ट्रिफ्युज एनालाइजर मेसिन एक थान उपलब्ध गराउने सत्यवती–६, गुल्मी निवासी हाल स्वास्थ्य सेवा विभाग, टेकु काठमाडौंमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत श्री वसन्तकुमार श्रेष्ठ, साथै श्री थाप्ले, सत्यवती मेडिकल तथा थाप्ले सत्यवती सर्जिकेम, मैत्रीपथ बुटवललाई सम्मान गरिएको थियो।

ad


शिविरको समापन कार्यक्रम चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, नि. प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्मा, वडाध्यक्षहरू, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, पालिकामा कार्यरत कर्मचारीहरू, मेडिकल सुपरिटेण्डेन्ट, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, साथै विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको  उपस्थिति रहेको थियो।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।