रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई

0 216

सूर्य सुनार , गुल्मी
रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई गरिएको छ । सरसफाईको महत्व बारे सन्देश प्रवाह गर्न सरसफाई गरिएको हो ।
यस जिल्लामा सरसफाईको अवस्था राम्रो भएपनि पछिल्लो समय भने सरसफाईको महत्व बिर्सिएको जस्तो अनुभूति नागरिकमा रहेको भन्दै त्यसैको सन्देश प्रवाहको लागि सरसफाई अभियान सञ्चालन गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए । चिदिचौर, थ्रिडी पार्क, सहित चोक, जिल्ला प्रशासन कार्यालय अगाडी लगायतका विभिन्न स्थानमा सरसफाई गरिएको हो ।
सफा, सुन्दर अनि स्वञ्छ रेसुङ्गा नगर बनाउने उदेशले नगरका विभिन्न ठाउँमा सरसफाई गरिएको नगरप्रमुख पन्थीको भनाई छ । नगरपालिकाले वितरण गरेका डस्विनको सही सदुपयोग गर्न सके सरसफाईको राम्रो प्रभाव पर्ने पन्थीले बताए । सरसफाई अभियानलाई आगमी दिनमा बृहत रुपमा अगाडी बढाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
रेसुङ्गा नगरपालिकाको आयोजना र नगर विकास तथा वातावरण संरक्षण संस्था तम्घासको सहआयोजनामा उक्त कार्यक्रम गरिएको हो । जसमा जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री, नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, रेसुङ्गा नगरपालिका उपप्रमुख अमृता देवी कुवँर, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, उद्योग वाणिज्य संघ गुल्मीका प्रमुख इश्वरी पौडेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, व्यवसायि र पत्रकारहरुको उपस्थितमा उक्त सरसफाई कार्यक्रम गरिएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।