तेस्रो पुलचोक कप २०७९ तम्घासमा सुरु

0 223

सूर्य सुनार गुल्मी
गुल्मी जिल्लाको सदमुकाम तम्घासमा बुधबार तेस्रो पुलचोक कप २०७९ को प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उद्धघाटन गर्नुभएको छ । पुलचोक स्पोर्टस क्लबको आयोजनामा बुधबार गते देखी १४ गते सम्म खुल्ला विद्यालय स्तरिय छात्रा फुटवल प्रतियोगिता भएको छ । खेलमा विभिन्न विद्यालयबाट १० टिम दर्ता भएका छन् । उद्धघाटनको पहिलो दिन महेन्द्र नमुना माध्यामिक विद्यालय र अर्जुन आवसिय माध्यामिक विद्यालय बिच खेल भएको थियो । अर्जुन आवासिय माध्यामिक विद्यालयकी जर्सी नम्बर ११ की खेलाडी वर्षा क्षेत्रीले महेन्द्र नमुना माध्यामिक विद्यालयलाई एक गोल प्रहार गर्दै पराजय बनाइन् । त्यस्तै दोस्रो खेल पालुखा माध्यामिक विद्यालय र उपल्लो तम्घास माध्यामिक विद्यालय बिच भएको थियो । जसमा जर्सी नम्बर ३ की खेलाडी कविता मुखियाले २ गोल प्रहार गर्दै उपल्लो तम्घास माध्यामिक विद्यालयलाई पराजय बनाएकी छिन्


कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले खेलले जिवन यापन गर्न सिकाउने हुँदा खेलको महत्व धेरै भएको बताउनुभयो । कुनै पनि खेल समुहमा खेल्दा व्यक्तिगत बोध र अनुशासन सिकाउने बताउनुभयो । कार्यक्रमको सफताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
रेसुङ्गा नगरपालिका उपप्रमुख अमृता देवी कुवँरले नगरपालिकाको तर्फबाट क्लबलाई आगमी दिनमा सहयोग गर्ने बताउनुभयो । महिलाहरुलाई खेलकुद क्षेत्रमा अगाडी बढाउन नगरपालिकाले आवश्यक काम गर्ने बताउनुभयो । पुलचोक क्लबले राखेको खेलले महिलाहरुको क्षमता विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राम्जी पन्थी, वडा नम्बर ८ का निरर्जन थापा , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले , कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रम हुने स्थल चिदीचौरको संरक्षणमा जिल्लाका सरोकारवाला निकायको ध्यान जानुपर्नेमा जोड् दिनुभएको थियो ।

ad


कार्यक्रमको प्रथम पुरस्कार नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र , द्धितिय पुरस्कार नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र दिइने क्लबले जनाएको छ । अन्य पुरस्कारमा हाइजेस्ट गोल स्कोरर, वेस्ट स्टाइगर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, इमर्जिङ्ग प्लेयर, फेयर प्ले अवार्डले खेलाडीलाई सम्मान गरिने बताइएको छ ।
पुलचोक युवा क्लबका अध्यक्ष मनोज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको रहेको थियो । कार्यक्रमको संचालन क्लबका महासचिब प्रकाश मरासिनीले गरेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।