सूर्य सुनार श्रावण १२, गुल्मी
गुल्मी जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनी की दिपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी छिन् । उनी यही साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएको केही समय पछि उनको यौनीमार्ग बाट रगत बगिरहेपछि उनी वेहोस भएकी थिइन् । उनको ज्यान बचाउनको लागि राती ११ बजे गुल्मी अस्पतालमा लिएपछि २ पोका रगत र स्वास्थ्यकर्मीको उपचारले पुर्नजन्म पाएकी हुन् ।
गुल्मी अस्पतालमा आउँदा उनको अवस्था रगतको कमीले गर्दा नाजुक रहेको थियो । उनको शरीरमा रगतको कमी भएपछि तम्घास ल्याउदा केही थाहा नपाउने स्थितीमा रहेको गुल्मी अस्पतालकी नर्सिङ सीता कार्कीले बताइन् । त्यस पछि उनको स्वास्थ्य जाँच गर्दा पाठेघरको मुख च्यातिएको हुँदा उनलाई बढी मात्रमा रगत बगेको बताइन् । स्वास्थ्यकर्मीको सहयोगमा उनको पाठेघर सिलाएपछि रगत रोकीए संगै स्वास्थ्यकर्मीको उपचार पछि अहिले सुत्केरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।
सुत्केरी भएको केही समय पछि निरन्तर रगत बग्यो त्यसपछि आफु २ चोटी सम्म वेहोस भएको हुँदा बच्छु भर्ने आस लागेको थिएन । “ गुल्मी अस्पतालमा आएपछि स्वास्थ्यकर्मीको उपाचारले पुर्नजन्म पाएको सुत्केरी दिपा नेपालीको बताइन् । आफ्नो ज्यान बचाउन सहयोग गर्ने गुल्मी अस्पताललाई धन्यवाद दिएकी छिन् ।
उनले पुर्कोटदह स्वास्थ्य चौकीमा छोरी जन्माएकी थिइन् । सुत्केरीको घरायसी अवस्था कमजोर भएको हुँदा उनको सबै उपाचार खर्च निशुल्क गरिएको अस्पतालले जनाएको छ । गुल्मी अस्पतालले गरिबी निमुखा जनताको लागि स्वास्थ्यको क्षेत्रमा उल्लेखिनीय काम गर्दै आएको छ ।