गुल्मी दरबारपालिकामा २२औ अन्तर्राष्ट्रिय युवा दिवस,म्याराथुन दौडको आयोजना 

0 175

२८,साउन,सबिन । गुल्मी दरवार गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र जिल्ला युवा समिती गुल्मीको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस,अगष्ट १२को सन्दर्भमा म्याराथुन दौडसहित बिबिध कार्यक्रम गरिएको छ ।
पांच हजार मिटरको म्याराथुन दौडको उद्घाटन गर्दै गुल्मी दरबार गाउँपालिका ,गुल्मीका अध्यक्ष सरोज थापाले युवाको सहभागिता र साझेदारी पालिकाको बिकास र समृद्धिमा अपरिहार्य रहेको भन्दै खेलकुद,नेतृत्व बिकास र उधमी कार्यक्रम मार्फत युवालाइ अगाडि बढाउन पालिकाले सबै खाले सहयोग गर्ने बताए । सो अबसरमा युवालाइ लक्षित गर्दै यस चालुआर्थिक बर्षमा पनि युवासंग पालिका र खेलाडीसंग पालिका जस्ता कार्यक्रम ल्याइएको समेत जानकारी गराए ।
आज सम्पन्न म्याराथुन दौडमा स्रोह देखि चौबिस बर्षका २२युवाहरु को सहभागिता रहेको थियो ।दौड कार्यक्रममा पुरुष तर्फ राजु बस्नेत,कमलसिंह थापा,चेहरसिंह घर्ती ,किरण खत्री तथा महिलातर्फ बिपना थापा,सपना नेपाली ,नुमकला पौडेल र प्रीयङ्का बिश्वकर्मा क्रमश प्रथम,द्दितिय,तृतीय र सान्त्वना भएका थिए । बिजेतालाई प्रमाणपत्र सहित आठ हजार,चार हजार,दुइ हजार र एक हजार पुरस्कार बितरण गरिएको थियो ।


ूअन्तरपुस्ताको एक्यवद्धता ,सबै उमेर समुहको साझा विश्व निर्माणमा प्रतिबद्धता भन्ने नाराका सहित मनाइएको २२औ अन्तर्राष्ट्रिय युवा दिवस को समापनमा सम्पुर्ण जनप्रतिनिधि ,क्लवका प्रतिनिधि र ,कर्मचारी को उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन शिक्षा शाखाका कर्मचारी खिम थापाले गरेका थिए भने कार्यक्रमको उद्देश्यको बारेमा प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय र जिल्ला युवा समिती गुल्मीका अध्यक्ष शालिक बस्नेतले प्रकाश पारेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।