मुसिकोटमा थुम पार्क अलपत्र : नगरपालिकाले दिएन चासो

1 517

 

सूर्य सुनार
गुल्मी, ०१ भाद्र/  गुल्मीको मुसिकोट नगरपालिकामा निर्माण व्यवसायी र नगरपालिकाले चासो नदिदा पार्क अलपत्र परेको छ । निर्माण व्यवसायीले काम समयमै सम्पन्न नगर्दा पार्क अलपत्र परेको हो ।

तर कतिपयले भने यो पार्कलाई नामको मात्रै पार्क भनेर भ्रम फैलाइएको बताएका छन् । मुसिकोट नगरपालिकाको वडा नम्बर ३ थुम भन्ने ठाउँमा संरचनाबिना थुम पार्क भनेर नामाकरण गरिएको छ । संरचना बिना पार्क भनेर नामाकरण गर्नु भनेको नगरपालिकाले चर्चा कमाउने काम गरेको स्थानीय राम बहादुर थापाको भनाई छ ।

ad

आर्को एक स्थानीय प्रेम जिसीले पार्क भनेर नामाकरण गरे पनि मन्दिर मात्रै निर्माण गर्न लागिएपनि अलपत्र परेको बताएका छन् । स्थानीय जिसीले पार्कका आवश्यक संरचना बनाउनको लागि नगरपालिका तयार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । पार्क निर्माण समितिबाट पनि केही रकममा पार्क सम्म जाने बाटो र ट्रस्ट निर्माण गरिएको जिसीले बताए ।

मुसिकोट नगरपालिकाले वि.सं. २०७८ पुस महिनामा टेन्डर आह्वान ग¥यो । सोही टेन्डर रेसुङ्गा नगरपालिका सिमिचौरका निर्माण व्यवसायी कुल बहादुर टन्डनलाई प¥यो । थुम पार्कमा मन्दिर बनाउनको लागि ५० लाखको लागतमा जिम्मा पाएका टन्डनले अहिले सम्म काम पुरा गरेका छैनन् । मन्दिरको काम भ्याउनु पर्ने समय २०७९ को असार मसान्त हो । तर अहिले सम्म काम पुरा हुन नसकेको मुसिकोट नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीको वेवास्ताका कारणले अहिले पार्क अलपत्र परेको नगरपालिकाको भनाई छ ।

थुम पार्क व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले मुसिकोट नगरपालिका र निर्माण व्यवसायीको कमजोरीको कारणले गर्दा अहिले पार्क अलपत्र बताए । मुसिकोट नगरपालिकाले १, २, ३ र ४ वडाहरुमा कुनै विकासको काम हुन लागे चासोको साथ नहेर्दा धेरै काम अलपत्र परेको आरोप लगाए । पार्कको नाममा एउटा मन्दिर मात्र निर्माण भएको उनले बताएका छन् ।

निर्माण व्यवसायी कुल बहादुर टन्डनले निर्माण लागतको ७ लाख भन्दा बढी रकम लिएको बताए । कोरोना र दक्ष कमदारको अभावका कारण पार्क समयमै बन्न नसकेको उनले बताएका छन् ।

समयमै काम सम्पन्न भएको भए पिकनिक स्थलमा रमाइलो गर्नेको भीड देखिन्थ्यो । मुसिकोट नगरपालिकामा थुम पार्क हेर्नका लागि पर्यटकको लर्को लाग्थ्यो । तर बिडम्बना निर्माण व्यवसायिको बेवास्ताको कारण अहिले पार्क बेवारिसे अवस्थामा पुगेको छ । सल्लाघारीभित्र जति संरचना बन्नुपर्ने हो, नबन्दा योजना नै अलपत्र परेको छ ।

सार्वजनिक बिदा र फुर्सदको दिन परिवारसहित घुम्ने चौर थियो, थुम डाँडा । तर, अहिले स्थानीय सरकार र निर्माण व्यवसायीको कारणले नामको मात्र पार्क पनि अलपत्र परेको छ । पार्क सम्म जाने सडक भए पनि व्यवस्थित सडक भने अझै बन्न सकेको छैन् । मन्दिर मात्र निर्माण गर्न थालिएको चौरलाई पार्क भनेर नगरपालिकाले चर्चा कमाउने मात्र काम गरिरहेको स्थानीयले बताइरहेका छन् ।

मन्दिर, प्रतिक्षालय, पानी ट्यांकी, अपुरो गेट, पार्किङलगायत निर्माणका अपुरो संरचनाले यो प्राकृतिक डाँडोलाई गिज्याइरहेको छ । पार्कमा न त कुनै सार्वजनिक शौचालय छ न त पार्किङ क्षेत्र नै बनेको छ । नगरपालिकाले थुम पार्क नाम भनेर पार्कको नामकरण गरे पनि त्यहाँ पार्कमा हुनुपर्ने कुनै संरचना बनेको पाइँदैन ।

मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले नामको मात्रै नभई अब थुममा घुम्न लायक पार्क बनाउने दाबी गरे । उनले अलपत्र कामलाई पूरा गर्न र बाँकी काम सुरुवात गर्न आफूहरु तत्काल जुट्ने बताएका छन् ।

 

सम्बन्धित
1 प्रतिक्रिया
  1. कमल नेपाली says

    सुर्या भाई तिमीलाई बधाई छ ।
    पहिलो पटक हाम्रो गाउँ ठाउँको लुकेको दवाईएको कुरालाई संप्रेषण ग¥यो ।
    आज प्रदेश भुमीबाट पढन पाउँदा खुसी लाग्यो।
    हो हाम्रो बडा-गाउँ नामले कहिल्लै चिएन किन ?
    अहिले मुसिकोट नगरपालिका नामबाट हल्का चिन्न थालेको छ।
    यस मुसिकोटमा काम गराउँने भन्दा देखाउँने धेरै छन किन ?
    सायत दलाली र शोषक धेरै नौँ छन ।
    दर्शकहरूले भन्नु हुन्छ होला राम्रा काम देख्दैनस् तर
    कति पय राम्रा कामबाट उनिहरुले फाईदा पनि लिएको हामीले देखेका छौ ।
    त्यस विद्रामा किन चुप लागेका छौ त हामी
    कुरो गम्भीर छ ।
    निर्माण गर्नेको कमीकम्जोरी हैन टेन्डर दिने कमीकम्जोरी देखिएको छ?
    समय मै पैसा दिएको भए अहिले सम्म निर्माण सम्पन्न हुनु पर्ने देखिएको छ ।
    अहिलेका नगर प्रमुखले के देख्दै छन हेरौँ उन्लाई पनि एक पटक चान्स दिउ…..

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।