समृद्ध मुसिकोट बनाउने गरि काम गरिरहेको नगरप्रमुख खरेलको दाबी

0 409

सूर्य सुनार भदौ ०८ गुल्मी
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले जनताको प्रत्यक्ष जनजीविका संग नगरपालिका जोडिएर काम गरेको बताउनुभएको छ । बुधबार स्काई अनलाइन सुचना केन्द्र तम्घासले आयोजना गरेको खुल्ला रेकर्ड डान्स कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नगरपालिकाले जनताको वास्तविक समस्याहरुलाई समधान गर्न काम गरेको बताउनुभएको हो । कार्यक्रममा बोल्दै ५ वर्षको कार्यकालमा नगरपालिकालाई समृद्ध बनाउने गरि काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो

नगरपालिकाले ०७९÷०८० को नीती तथा कार्यक्रम ल्याउँदा जनताका प्रत्यक्ष समस्याहरुलाई समधान गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । आफू निर्वाचित भए पश्चात पहिलो पटक बडागाउँ ३ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयमामा औपचारिक कार्यक्रम आएको बताउदै नगरपालिकाले गरेका कामको बारेमा संक्षित जानकारी गराउनुभएको थियो ।
नगरपालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, खानेपानी, र नगरपालिका भित्र रहेका भौतिक संरचनालाई प्राथमिकता दिइएर काम गरेको उहाँले बताउनुभयो । मुसिकोट नगरपालिकाले बालबालिकाको क्षमता वृद्धि विकास र उनीहरुको प्रतिभा पहिचान गर्न कार्यक्रम ल्याएको दाबी गर्नुभयो ।

मुसिकोट नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि गर्न र विद्यार्थीहरुको सिकाईलाई व्यवस्थित गर्न विभिन्न कार्यक्रम अगाडी सारिएको नगरप्रमुख खरेलले बताउनुभयो ।
साथै पछिल्लो समय स्काई अनलाइन सुचना केन्द्रले गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई शौक्षिक सामग्री वितरण गरेको कामको प्रंशसा गर्दै यस्तो काममा अन्य सामाजिक संघ संस्था पनि जोडिनु पर्ने खरेलले बताउनुभयो ।

ad

पृथ्वी माध्यामिक विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख जीवन खरेल, वडा नम्बर ३ का वडाध्यक्ष शंकर रायमाझी, नेकपा माओवादी केन्द्रका नेता खुम बहादुर थापा, वडा नम्बर २ का वडाध्यक्ष रविन्द्र केसी, वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे लगायतको उपस्थित रहेको स्काई अनलाइन सुचना केन्द्रका प्रबन्धक सुनिल न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रमको संचालन पृथ्वी माध्यामिक विद्यालयका शिक्षक बोम बहादुर छन्तेलले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।