काठमाडौं स् शुक्रबार ९आज० देखि तीन वटा फिल्मले एकसाथ प्रदर्शन सुरु गर्दैछन्। नेपाली फिल्म ुचुरीफुरीु, बलिउड फिल्म ुअतरंगी रेु र हलिउड फिल्म ुम्याट्रिक्सः द रिसरेक्सनुले एकसाथ प्रदर्शन थालेका हुन्। तीन वटा नयाँ फिल्म आए पनि हलमा दबदबा भने गत सातादेखि प्रदर्शन थालेका ुस्पाइडर म्यानः नो वे होमु र ुपुष्पास् द राइजु कै रहेको छ। ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ुचुरीफुरीु लामो समयपछि मल्टिप्लेक्समा प्रदर्शन भएको पहिलो नेपाली फिल्म हो। तर हलमा फिल्मको शो भने एकदमै न्यून रहेको छ। रवीन्द्र झा, सुवोध गौतम, राजीवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्तलगायत कलाकारको अभिनय रहेको फिल्मले बिएसआर, क्युब, बिग मुभिज लगायतका मल्टिप्लेक्समा एकरएक शो पाएको छ भने उपत्यकामा रहेका क्युएफएक्सका हलमा भने एउटा पनि शो पाएको छैन।
त्यस्तै हिमांशु शर्माको लेखन तथा आनन्द एल रायको निर्देशनमा बनेको म्युजिकल रोमान्टिक ड्रामा ुअतरंगी रेु को शो ुचुरीफुरीुको भन्दा बढी छ तर ुपुष्पाु र ुस्पाइडरम्यानुको भन्दा थोरै छ। अक्षय कुमार, सारा अली खान र धनुषको मुख्य भूमिका रहेको फिल्म यो वर्षको प्रतीक्षित बलिउड फिल्ममध्ये गनिएको थियो। पहिलो साता ुपुष्पाु र ुस्पाइडरम्यानुका कारण थोरै शो पाएको ुअतरंगी रेु दोस्रो सातादेखि लयमा जाने निर्माण टोलीले अपेक्षा गरेको छ। त्यस्तै लाना वाचोस्कीको लेखन तथा निर्देशन रहेको हलिउड फिल्म ुमेट्रिक्सुले पनि अघिल्लो साताका दुई फिल्मका कारण थोरै शो पाएको छ। गत साता ग्राण्ड ओपनिङ गरेका हलिउड फिल्म ुस्पाइडर म्यानः नो वे होमु र तेलुगु फिल्म ुपुष्पाः द राइजुका शो अझै पनि हाउसफुल चलिरहेको छ। दोस्रो सातामा आइपुग्दा अन्य फिल्मले गर्दा शो घटे पनि फिल्मको क्रेज भने घटेको छैन।