जानकी पुरस्कारबाट कवि तथा आख्यानकार रुद्रा ज्ञवाली सम्मानित

0 299

सूर्य सुनार ११ भदौ गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकालयले कवि तथा आख्यानकार रुद्रा ज्ञवालीलाई सम्मान गरेको छ । शनिबार किरण पुस्तकालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा उहाँले कविता क्षेत्रमा पुयाएको योगदानको मुल्याङ्कन गर्दै सम्मान गरिएको हो । ज्ञवालीलाई साहित्यिक जानकी पुरस्कारबाट उहाँलाई सम्मानित गरिएको हो ।
साहित्यकार रुद्रा ज्ञवालीको जन्म वि.सं. २०२० साल कार्तिक १ गते गुल्मीको ग्वादी कौलोदीमा भएको हो । उहाँ मिष्ठभाषी, समाजसेवी र सिर्जनशिल हुनुहुन्छ । उहाँ सानै देखी साहित्य साधनमा सक्रिय हुनुहुन्छ ।
साहित्यकार ज्ञवालीले आफ्नो जीवनको उर्वर समय साहित्यिक साधना र राष्ट्र सेवामा व्यतीत गर्नुभएका उहाँका सात वटा कृतीहरु प्रकाशित भएका छन् । पहिलो कृतीका रुपमा निर्वासन कथा संग्रह २०५८, दोस्रो सपना फुल्ने रातहरु ग्जल संग्रह २०६१ लगायतका ७ वटा कृतीहरु प्रकाशित भएका छन् । यसका अतिरिक्त ज्ञवालीका विगत २ दशक देखी गोरखा पत्र, मधुपर्क, गरिमा, दायित्व, जनमत, रचना, अभिव्यक्ति, शान्तिदुत, जितगढी, गजल सागर, लेख, निबन्ध, कथा लगायत प्रकाशित भएका छन् ।
रुद्र ज्ञवाली गुल्मी जिल्लामा जन्मेर हाल सिद्धार्थ नगरपालिका ८ वी.पी पथ रुपन्देहीमा बसोबास गरिरहनुभएको छ । नेपाली भाषा साहित्यको सेवामा सर्मपित ज्ञवालीलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सम्मानित हुने ज्ञवालीलाई र उहाँको लेख तथा रचना प्रति सम्मान व्यक्त गर्नुभएको थियो । कविता, साहित्यिक कला तथा कविताहरुले राम्रो संग जीवन जिउन सिकाउने बताउनुभएको थियो । साथै किरण पुस्तकालयको प्रगति उन्नतीको लागि आफू सधै लागि परेको बताउनुभयो ।
किरण पुस्तकाल व्यवस्थापन समितिका उपाध्यक्ष दीन पन्थीको रहेको कार्यक्रमको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतम, किरण पुस्तकालय व्यवस्थापन समितिका सचिब चनक बहादुर कुँवर, नेपाल सरकारका पूर्व सचिब युवराज भुसाल, रेसुङ्गा बहुमुखीका पूर्वक्याम्पस प्रमुखहरु ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष रेशम कुवँर, पत्रकार, कवि लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।