गुल्मीका माओवादी महिलाहरुद्धारा प्रत्यक्ष उमेदवारको दाबी

0 188

नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गुल्मीको आईतबार बसेको जिल्ला कमिटी बैठकले े गुल्मीका तीन वटा प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचनको उमेदवार हुने दाबी गर्दै जिल्ला पार्टीमा दवाव दिन गईरहेका छन् । भोली सोमबार हुने गईरहेको जिल्ला पार्टी बैठकको पुर्वसन्ध्यामा अनेमसंघ क्रान्तिकारी जिल्ला संगठनले बैठक गरि महिलाहरुलाई प्रत्यक्ष निर्वाचन लड्न पाउने अधिकार सुनिश्चित गरिनु पर्छ भन्ने दबाव दिन लागेका ह्ुन् ।

सो संगठनकी केन्द्रिय सदस्य सिर्जना तरामुको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष तर्फ तीन जना महिलालाई प्रदेशमा उमेदवार बनाउने घोषणा समेत गरेको छ । दुबै संघिय निर्वाचनमा पनि हामी महिलाहरुको प्रत्यक्ष निर्वाचन मै जाने ईच्छा थियो तर गठबन्धन बन्ने भएका कारण अनिश्चित हुँदा जिल्लाका चार प्रदेश मध्ये ३ वटा प्रदेशमा महिलाहरुलाई प्रत्यक्ष निर्वाचनका लागि उमेदवार बनाईनु पर्दछ भन्ने माग जिल्ला पार्टी संग गर्न यस्तो निर्णय गरेका हौं, केन्द्रिय सदस्य सिर्जना तरामुले भनिन् ।

उक्त बैठकले गरेको निर्णय अनुसार क्षेत्र नम्वर १ को क प्रदेश उमेदरमा उनै केन्द्रिय सदस्य सिर्जना तरामुलाई प्रत्यक्ष तर्फको उमेदवारमा सिफारिस गरिएको छ । ख प्रदेशमा प्रदेश सांसद गीता थापालाई प्रत्यक्ष निर्वाचनको उमेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नम्वर २ को क प्रदेशमा सोही पार्टीका पुरुष उमेदवार खुमबहादुर थापालाई महिलाहरुले छाडिदिएका छन् । प्रदेश ख मा अनेम संघ क्रान्तिकारीकी निर्वतमान जिल्ला अध्यक्ष विनिता रोका पोखरेललाई प्रत्यक्ष उमेदवार बनाउने निर्णय गरिएको छ ।

ad

त्यस्तै समानुपातिक तर्फ सो संगठनले ५ जना महिलाहरुको नाम सिफारिस गरेको छ । संघ तथा प्रदेश गरि सिफारिस हुनेहरुमा लिला थापा बराल, सुमित्रा क्षेत्री, टोपकला थापा , कविता बिक र सिता सुर्तुङ्गे मगर रहेका छन् । यसै बिच निर्वतमान अध्यक्ष विनिता रोका मगर प्रत्यक्ष उमेदवारको दाबी गरे पछि उनको नेतृत्वमा रहेको अनेमसंघ क्रान्तिकारी जिल्ला कमिटी विगठन गरि सिता बिश्वकर्माको अध्यक्षमामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको सो संगठनले जनाएको छ । माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीका अनुसार जिल्ला पार्टीको बैठक भोली बस्ने छ र उमेदवारहरुको सिफारिस प्रकृया अगाडी बढाउने छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।