संविधान दिवसको अवसरमा इस्मामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

0 594

सूर्य सुनार ०३ गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले संविधान दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमका बिच अन्तर माध्यामिक विद्यालय बक्तृत्वकला प्रतियोगिता आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा ७ विद्यालयका विद्यार्थीहरुको उपस्थितमा उक्त कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष भगतसिहं खड्काले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शिक्षाको क्षेत्रमा इस्मा गाउँपालिकाले जिल्लामै नमुना काम गर्न लागि परेको दावी गर्नुभयो । माध्यामिक शिक्षा निःशुल्क देखी प्राविधिक शिक्षा पढ्न रुचि राख्ने विद्यार्थीको लागि स्थानीय सरकार साथमा रहेको उल्लेख गर्नुभयो । आफू निर्वाचित भएको छोटो समयमै जनताको जीवन स्तर वृद्धी गर्न धेरै काम गरेको बताउनुभयो । नीति तथा कार्यक्रममा भएका कार्यक्रमहरु कार्यान्यवनमा आफु सधै लागि परेको बताउनुभयो । साथै बक्तृत्वकला प्रतियोगितामा सहभागि विद्यार्थी र प्रथम हुने विद्यालयलाई थप प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले संविधान दिवसको शुभकामना व्यक्त गर्दै इस्माली जनताको भावना अनुसार काम गर्न लागि परेको बताउनुभयो । इस्माली जनतासंग निर्वाचनको समयमा विश्वासको तम्सुक गरेको हुँदा त्यो विश्वासलाई मध्यनजर गर्दै जनताको पक्षमा सधै काम गर्ने बताउनुभयो । बक्तृत्वकला प्रतियोगिता कार्यक्रम विजेता उपविजेता विद्यार्थीहरुको थप प्रगतिको शुभकामना व्यक्त गर्दै कार्यक्रम सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

ad

बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा आन्दपुर मा.वि प्रथम, रामराज्य मा.वि द्धितिय, हिमालय मा.वि.तितृय, पालुखा मा.वि सात्वना भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।