पहिरोले पुरिएर गुल्मीमा १ भैंसी र १ बाख्रा मरे घर उच्च जोखिममा

0 871

रामकृष्ण कडेल
असोज २०, चारपाला गुल्मी ।
पहिरोले पुरिएर गुल्मीमा १ भैंसी र १ बाख्रा मरे संगै घर उच्च जोखिममा परेको छ ।


विगत ३ दिन देखि परेको अविरल वर्षा सङ्गै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ ठुलोपोखरा भतेरपाटा स्थित मान बहादुर विकको घर र गोठमा माथिबाट आएको पहिरोले गोठ भत्किदा १ भैंसी र १ बाख्रा मरेका हुन्।

ad

गुल्मीदरबार गाउपालिका वडा नं ७ का वडा अध्यक्ष , चारपाला प्रहरी चौकी , युवा क्लब ,वडा सदस्यहरु लगायत स्थानीयको सहयोग र उद्दारमा मानवीय क्षति हुन बाट बचाइएको छ । अन्य पशुचौपाया र मान बहादुरको परिवारलाई सुरक्षीत स्थानमा लगिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।