गुल्मी क्षेत्र नम्बर – २ प्रदेश ‘ख’ का उम्मेदवार बुद्धि जिसीको पृष्ठभूमि के हो ?

0 360

असोज २९, गुल्मी – आगामी मंसिर ४ गते हुने आम निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ । उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन् । यीनै मध्येका एक हुन् गुल्मी जिल्लाको क्षेत्र नम्बर २ ख प्रदेश सभाका उम्मेदवार बुद्धि जिसी ।\

को हुन बुुद्धि जिसी

मदाने गाउँपालिका–७ भनभनेको भैकमारेस्थित पिता तिलकबहादु घर्ति र माता किमकला घर्तिको कोखबाट २०३५ साल मंसिर ८ गते जन्मिएका बुद्धि जिसीको राजनैतिक यात्रा अवधी अहिले ३० बर्ष भई सक्यो । २०४८ सालमा तत्कालिन नेकपा एकता केन्द्रबाट उनको राजनैतिक जिवन यात्रा सुरु भएको उनि बताउँछन् ।
२०४९ देखि २०५४ सम्म दुई कार्यकाल उनि त्यस पार्टी निकट विद्यर्थी संगठन अखिल क्रान्किारी जिल्ला संगठनको सचिव भए । २०५४ साल कार्तिकमा उनि राज्य विरुद्धको कसुरमा बाँझकटेरीबाट पक्राउ परी जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा बसे ।

ad

पक्राउको २९ दिन पछि पुनरावेदन अदालत बुटवलको फैसलाबाट उनि रिहा भएका थिए । त्यस पछि उनि २०५४ सालमा माओवादी निकट भारत प्रवासी संगठनमा जोडिए । त्यहाँको नगर कमिटी जिल्ला कमिटी हुँदै राज्य समिति सम्मको सदस्यको जिम्मेवारी निभाए ।

अखिल भारत एकता समाजका नामबाट संगठित भएका भारत प्रभासका माओवादीहरुलाई राज ज्ञानेन्द्रले कु गरे पछि प्रतिवन्ध लगायो । त्यस पछि नेपाली जनाधिकार सुरक्षा समितिको नामबाट पुनः संगठित भए । त्यस क्रममा वाईसियल नेपाल भारत प्रवासी संगठनको उनले प्रवक्ताको जिम्मेवारी निभाए ।

लगत्तै पञ्जाव , हिमाचल र राजिस्थान मिलेर बनेको पार्टी संगठनको १ नम्वर जिल्ला कमिटीको सेक्रटरी भए । त्यस्तै मुम्वई, गोवा, गुजराँत र मध्ये प्रदेश मिलेर बनेको ३ नम्वर जिल्ला कमिटीको पनि उनी सेक्रेटरी कै जिम्मेवारीमा रहेका थिए । २०६४ सलमा मगरात राज्य कमिटी सचिवको हैसियतमा उनि भारत प्रवासबाट चुनाव गराउन स्वदेश फर्किए ।

उनले त्यति बेला अर्घाखाँचीको क्षेत्र नम्वर १ को सह–ईन्चार्जको जिम्मेवारी पाएका थिए । २०६६ साल पछि उनले आफ्नो कार्य क्षेत्र गुल्मी बनाई खटिदै आएका छन् । यस क्रममा उनि साविक क्षेत्र नम्वर ३ को ईन्चार्ज, जिल्लाको सह ईन्चार्ज , नेकपा हुँदा प्रस्तावित पार्टी सचिव , फुटेर माओवादी केन्द्र भए यता उनि जिल्ला संयोजक र लुम्विनी प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।


गत स्थानीय तहको निर्वाचनमा मदाने गाउँपालिका अध्यक्षको उमेदवार बुद्धि जिसी बनेर आए हामीले उनलाई छाडी दिन्छौं भनेर विपक्षी राजनैतिक दलका नेता–कार्यकर्ताहरुले भन्नु माओवादी केन्द्रका युवा नेता जिसीले आफ्नो छवी कुनै दल बिशेषको नभई साझा नेताको उचाई लिई सकेका रहेछन भन्ने आभास हुन्छ ।

यो कुरा सबैलाई थाह छ गत स्थानीय तहको निर्वाचनमा दलका अगुवा देखि अधिकांस सर्वसाधरणले गाउँपालिका अध्यक्षको उमेदवारमा उनै बुद्धि जिसीको माग गरेका थिए । तर उनले संघ कि प्रदेशमा लड्ने ईच्छा जाहेर गर्दै गाउँपालिका अध्यक्षमा उठ्ने चाहेनन । फलतः अहिले उनले वाम लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्वर २ ख प्रदेशको साझा उमेदवार हुने अवसर पाएका छन् । यस अवसरमा उनि र स्थानीय संग गरिएका कुराकानीका आधारमा उनको चर्चा गर्न गईरहेका छौं ।

बुढा–पाका देखि युवाहरुको नजरमा जिसी

नेपाली कांग्रेसबाट विजयी मदाने गाउँपालिका अध्यक्ष तथा त्यस भेगका पाका नेता महेन्द्र बहादुर कुँवर त्यस पालिकाको विकासमा नेता बुद्धि जिसीको साझा अवधारण रहेको र त्यही अनुसार बजेट पार्नमा सहयोग गरिरहेको बताए । ‘ अहिले सम्म उहाँमा विकास निर्माणमा साझा भावना पाईएको छ , चुनाव जित्नु भयो भने पछिका दिनहरुमा पनि उहाँबाट त्यस्तै अपेक्षा राखेका छौं’– अध्यक्ष कुँवरले भने ।

जिसी कै छिमेकी तथा मदाने गाउँपालिका ७ का निर्वर्तमान वडाध्यक्ष काँशीबहादुर बोहराले त पहिल्लै देखि माओवादी नेता जिसीको सामाजिक योगदानलाई सह्राउँदै आएका छन् । यति बेला बेग्ला बेग्लै गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेका दलहरु मध्ये नेकपा एमाले नेता कार्यकर्ताहरु जिसीका बारेमा बोल्न चाहेन् । तर एमाले ईतिर त्यहाँका अन्य सबै राजनैतिक दलका नेता कार्यकर्ताहरुले बुद्धि जिसीलाई त्यहाँको विकास निर्माण र भैपरी आउने समस्यामा साझा नेताका रुपमा भरोसा गर्ने गरेको बताए ।


यस सम्वन्धमा जिसी भन्छन–‘वास्तवमा विकट थलो पश्चिम गुल्मीको विकासको कुरा गर्नु पर्दा तत्कालिन जिल्ला पञ्चायतका सभापति तथा राष्ट्रिय पञ्चायतका सदस्य स्वर्गिय बैकुण्ठबहादुर चन्दको नाम नलिदा उहाँको योगदानको अपमान हुन आउँछ ।

उहाँले त्यस क्षेत्रमा सबैका साझा नेताको रुपमा विकासको सुरुवात गर्नु भएको थियो । तानसेन , रिडी तम्घास सम्म मात्र होईन, सदरमुकाम देखि अग्लुङ्ग सम्म मोटरबाटो पुराउन उहाँकै योगदान छ । बैचारिक रुपले त उहाँ र म दुई बेग्ला बेग्लै धुर्बका हौ तर विकासका दृष्टिले उहाँले जसरी साझा रुपमा योगदान पुराउनु भयो त्यसरी नै म आफुलाई उभ्याउने प्रयासमा छु र उहाँले सुरु गरेका मोटरबाटा लगायतका थुप्रै अधुरा विकासका सपना पुरा गर्ने मेरो अठोट छु र गर्ने नै छु ।

उनको छवि सबैतिर उस्तै

आफ्नो गाउँ मदानेमा मात्र होईन , सदरमुकाम तम्घासमा विभिन्न दलमा आश्था राख्ने युवारुको ठुलो जमातले बुद्धि जिसीलाई साझा नेताका रुपमा हाईहाई गर्दै आएका छ । तम्घासका युवा ब्यवसायी राजु पाण्डे भन्छन् –‘ हामी युवा बर्ग माझ त बुद्धि दाई हाईहाई हुँदै आउनु भएको छ उहाँ जतिको सहयोगी , मिलनसार र साझा नेताको छवि अरु कसैमा पाउँदैनौं , उहाँले भारि मतले जित्नु हुन्छ , जिताईन्छ । ’ नेता जिसी प्रति मदाने गाउँपालिका त छँदै छ यता धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका सम्मका युवाहरुले पनि त्यसरी नै प्रशंसा गर्छन ।

आखिर के छ त राज ?

युवा वर्गमा तपाई लोकप्रिय रहेको पाईन्छ यसको राज के हो ? यस प्रश्नमा जिसी भन्छन् –‘ विना आग्राह पुर्वग्रह सबैको दुख सुखमा साथ दिनु , तमाम बेरोजगार युवाहरुलाई रोजगारी उपलब्ध गराउनु नै युवासाथीहरुको मैले साथ पाई रहनु हो । ’ त्यसो त गुल्मेली सबै तह बर्गका दाजु भाई दिदी बहिनीहरुको मलाई साथ र सहयोग छ । उनले २०६्र८ सालमा माओवादी सरकारको पालामा पश्चिम गुल्मीको विद्युत विस्तारमा महत्वपुर्ण भुमिका खेलेका थिए ।

तत्कालिन सरकारका उर्जा मन्त्री पोष्ट बहादुर बोगडी ( हाल मृत्यु ) संग पहल गरी जिसीले अध्याँरोमा रहिरहेको पश्चि गुल्मीलाई ग्रामिण विद्युतिकरण परियोजना पारेर उज्यालो बनाउने कार्यको सुरुवात गरेका थिए । सोही कार्यकालमा माओवादी जनयुद्धकालका कार्यकर्ताहरुले खोलेको रातडाँडा अगाडी भञ्ज्याङ्ग भराह निस्तेखोला पौदी अमराई सडक विस्तारमा जिसीले ठुलो बजेट पारेका थिए ।

त्यस्तै सेउवा सिमाहघाट वर्वोट पुर्कोटदह अग्लुङ्ग सडकको स्तरोन्नतीका लागि बजेट पार्न उनि निरन्तर खटिदै आएका छन् । जुन सडक पिच हुने क्रममा छ । त्यस्तै तम्घास सिमलटारी , पुर्कोटदह कच्ची सडकलाई पक्की बनाउनका लागि बजेट पार्ने कार्यमा आफुलाई त्यति बेलाका मुख्य सचिव लिलामणि पौड्याल र अर्थ सचिव युवाराज भुसालले ठुलो सहयोग गरेको जिसी बताउँछन् ।

उनि साविक जिल्ला शिक्षा समितमा लामो समय बस्दा कैयौं विद्यालय भवन, शौचालयमा बजेट पार्ने दरबन्दी मिलानमा महत्पुर्ण भुमिका निभाएका थिए । उनकै पहलमा मुसिकोट –३ चौरका जनजागृति मावि कच्चीबाट पक्की भवनको यात्रामा प्रवेश गरेको छ । यस्ता थुप्रै विद्यालयको विकासमा जिसीको भुमिकालाई सबैले प्रशंसा गर्दै आएका छन् ।

उनले प्रदेश र केन्द्रबाट पश्चिम गुल्मीका अनगिन्ती खानेपानी योजनामा करोडौं बजेट पार्दै आएका छन् । हालै सौतामारे देखि गंगारे सम्मको सडक पिच गर्ने कार्यका लागि १ अर्ब ८० करोड बजेट पार्नमा पनि जिसीको बिशेष भुमिका रहेको दलका नेताहरु बताउँछन् ।


त्यस्तै जिसीकै पहलमा सिमलटारीबाट सिर्सेनीको पोखरा सम्मको सडकका लागि ४ करोड बजेट विनियोजन भई टेक्का प्रकृयामा गई सकेको छ । उनले हालको क्षेत्र नम्वर २ मा मात्र नभई समग्र गुल्मीको विकासमा महत्वपुर्ण भुमिका निभाउँदै आएका छन् । स्थानिय तहको पुनरसंरचनका क्रममा उनि माओवादी केन्द्रको तर्फबाट कार्य दलका संयोजक थिए ।

त्यति बेला अन्य दलहरुले ७ वटा पालिका प्रसतव गरिरहेको थियो । माओवादीले १५ वटा पालिका हुन्ु पर्ने प्रस्ताव अगाडी सारेको थियो । त्यति बेला अन्य दलको सात बाट १२ वटा पालिका बनाउने कुरामा सहमति जुटाउन जिसीले अगुवाई गरेका िथए ।

प्रचण्ड संगको भेट ज्वाँइमा परिणत

उनि २०५४ सालमा माओवादी अध्यक्ष प्रचण्ड संग कार्यकर्ताका रुपमा प्रभासमा भेट भएको बताउँछन् । पौदी अमराईका टिभी पाठकका छोरा प्रचण्ड पुत्री रेनु दाहल संग विवाह भएको र उनै रेनुकी नन्द शारदा पाठक संग जिसीले २०५८ सालमा विवाह गरे । त्यस यता जिसी प्रचण्डको ज्वाँईका रुपमा नजिक छन् । जसका कारण उनको समवन्ध माओवादी नेताहरु संग मात्रै नजिक छैन अन्य दलका नेता , हरेक मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु संग उनको निकटतम सम्वन्ध छ ।

त्यसैले पनि जिल्लाको विकास निर्माणमा ठुलो बजेट पार्नु पर्ने भए अन्य दलका नेताहरुले पनि जिसीको साथ लिने गरेका छन् । अहिले उनको ‘आईडेन्टी’ प्रचण्डको ज्वाँईका रुपमा मात्र सिमित छैन । उनले ‘बुद्धि जिसी’ कै आईडेन्टी बनाएका छन् ।

तेश्रो पटक बल्ल अवसर

उनि २०७० सालको निर्वाचनमा माओवादीबार्टीको तर्फबाट पनि उमेदवार हुने सिफारिसमा परेका थिए । त्यति बेला वामदेव क्षेत्री , चन्द्रबहादुर थापा सागर र उनको सिफारिस भएकोमा अन्तिमा क्षेत्रीलाई अवसर दिईएको थियो । २७४ को निर्वाचनमा जिसी पार्टीबाट एकल उमेदवारको सिफारिसमा परे । तर भनभनेकै अर्का सोही पार्टीका नेता दिनेश पन्थीको रोईकल्याई सुरु भयो ।

‘कि टिकट कि रसी’ भन्न सुरु गरे पछि आखिर यसपालीको निर्वाचनमा उहाँले म आफुलाई भरपुर सहयोग गर्ने सर्तमा टिकट उहाँलाई दिईएको हो ।तर दुभाग्यः उहाँ नै अहिले मेरो प्रतिस्पर्धी हुनु पुग्नु भएको छ । पन्थी नेकपा फुटे पछि एमाले मै बसेका कारण माओवादीले कार्बाही गरी सांसद पद खारेज भएको हो । उनि अहिले नेकपा एमालेबाट बाम गठबन्धनका उमेदवार जिसीको प्रतिस्पधी रहेका छन् ।

जित्ने आधा र के छ त ?

यस्तो प्रश्नमा जिसी भन्छन‘ मेरो सबै भन्दा ठुलो आधार मेरो क्षेत्रको हुन् जसको दुख सुखमा सधै संगै छु र हरबेला सहयोग गर्दै आएको छु ।
दोश्र आधारः म गुल्मी जिल्लाका प्रमुख दलहरु मध्येको सबै भन्दा कम उमेरको युवा उमेदवार हुँ । तेश्रो आधारः म निर्वाचनमा नयाँ चेहरा हुँ अर्थात पहिलो पटक निर्वाचनमा होमिएको छु । जसलाई मतदाताले परिक्षण गर्न चाहेका छन् ।

चौथो आधार ः मेरो मुख्य प्रतिस्पधी दिनेश पन्थीले सांसद पद त्यागरे कुनै दल दलको अर्को अवसर रोज्दै मतदातालाई धोका दिनु भयो ।

पाँचौ आधारः निष्ठको राजनीति र विकासमा साझ अवधारण भएको युवा नेताको छवि मैले बनाई सकेको छु । र चुनाव जिते पछि लुम्बिनी प्रदेशको मन्त्री बन्ने हैसियत राख्ने नेता हो , यसले केहि गर्छ भन्ने दृढ विश्वास राखेर पनि जनताले मलाई भोट दिनु हुन्छ । ’

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।