गुल्मीमा सवारीसाधनका चालकहरुकाे निःशुल्क आँखा परिक्षण हुने

0 283

सूर्य सुनार २९ असोज गुल्मी

गुल्मीमा सार्वजनिक सवारीसाधनका चालकहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मी र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा यही कार्तिक १ देखी ४ गते सम्म निःशुल्क आँखा परिक्षण शिविरको आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद अचार्यले जानकारी दिए ।
जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक सवारीसधान चालकहरुले आफ्नो आँखा परिक्षण गर्न आग्रह गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । जिल्ला यातयात समितिलाई चालकहरुलाई आलोपालो आँखा परिक्षण गर्न आउन आग्रह गरिएको हुँदा सबै चालकलाई उपस्थित हुन भनिएको छ ।
जिल्लामा दुर्घटना न्यूनिकरण गर्न सघाउ पुयाउने उदेश्यले आँखा परिक्षण गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक अर्चायले बताए । आँखा परिक्षण कार्तिक १ गते देखी ४ गते सम्म आँखा उपचार केन्द्र तम्साघमा परिक्षण हुने छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।