गुल्मेली सरमाथा आरोही क्याप्टेन कार्कीलाई नगरमा सम्मान

0 99

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई मुसिकोट नगरपालिकाले सम्मान गरेको छ । मुसिकोट नगरपालिका ३ का कार्की नेपाली सेनाका अधिकृत (क्याम्टेन) हुन । उनले केहि समय अघि नेपाली सेनाकै तर्फबाट सगरमाथा आरोहण गरेर गुल्मीसहित देशको शिर उचो पारेका थिए । मुसिकोट नगरपालिकाले गुल्मेली गौरव कार्कीलाई आफ्नो गृहपालिकामा स्वागत तथा सम्मान गरेको मेयर जीवन खरेलले जानकारी दिए ।

उनले धेरै पहिलेबाटै नगरले सम्मानको योजना बनाएपनि समयका कारण गर्न नसकिएको बताए । खरेलले मुसिकोटको छोरा भएपनि देशकै शिर उचो राख्ने कार्कीको कर्मको प्रसंसा गरे । कलिलो उमेरमा कार्कीले प्राप्त गरेको सफलता र शाहस देखेर चौतर्फी प्रसंसा भइरहेको छ । सामन्य परिवारका कार्की पढाइमा समेत अब्बल छन् । साथै उनको बिहनी शिक्षा कार्की पनि अध्ययनमा निकै उत्कृष्ट रहेकी छन् । होटल व्यावसाय गर्ने बुबा सुरज र आमा सरस्वती कार्कीको परिवार असल र सरल रहेको छ । नगरपालिकाले सपरिवार सम्मान गरेको थियो । आरोहि क्याप्टेन कार्कीले मातृभुमिको माया र सम्मानले उर्जा प्राप्त भएको प्रतिक्रिया दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।