१ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण

0 143

गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित मुसिकोट माध्यमिक विद्यालयका १ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी मुसिकोट बडागाउँ ४ सिमडाडा निवासी पबित्रा सारु बगाले र उनको छोरी कृस्मा बगाले थापाले सो विद्यालयमा गठित भुतपुर्व विद्यार्थी मञ्च द्वारा टोपी हस्तान्तरण गरेको भुतपुर्व विद्यार्थी मञ्चका संस्थापक समुन्दे सिंह ठकुरीले बताए ।

त्यस्तै भुतपुर्व विद्यार्थी शैक्षिक मञ्चलाई सहयोग गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा शिक्षक पुरन बगाले,बाबुराम शर्मा,अनिल सर्तुङे र दिनेश ठकुरी रहेका छन । त्यस्तै कोषलाई सहयोग गर्न अन्य सामाजिक व्यक्तित्वलाई पनि आगामी दिनमा सहयोग गर्ने मञ्चले जनाएको छ । आगामी दिनमा पनि विद्यालयलाई विभिन्न माध्यम बाट चौतर्फीक सहयोग गर्ने भुतपुर्व विद्यार्थी मञ्चका संस्थापक समुन्द्रे सिंह ठकुरीले उल्लेख गरे ।

कार्यक्रम भुतपुर्व विद्यार्थी मञ्चका अध्यक्ष महेन्द्र बगालेको अध्यक्षयता, विद्यालयका प्रधानाध्यापक श्याम थापाको प्रमुख आतिथ्यता,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चीन बहादुर सिंह ,शिक्षक अभिभावक संघका अध्यक्ष गुप्त बहादुर कार्कीको विशेष आतिथ्यता,भुतपुर्व विद्यार्थीका सदस्य केशब सिंह ठकुरीको स्वागत मनव्य तथा शिक्षक ज्ञानिश्वर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।