२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई एमाले गुल्मीले कारवाही सुरु गरेको छ ।
गुल्मी क्षेत्र नम्बर १का उम्मेदवारलाई निर्वाचनमा असहयोग गरेको भन्दै छत्रकोट गाउँपालिकाले गाउँकमिटिका उप–सचिव चिरन्जीवी पन्थलाई पार्टीको संगठित सदस्य पनि नरहने गरि कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको एमाले छत्रकोट गाउँपालिका सचिव यज्ञबहादुर पाण्डेले जानकारी दिए ।
हालै सम्पन्न निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई हराउन लाग्ने , पार्टी हित विपरित काम गरेका कारण संगठित सदस्य पनि नरहने गरि कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको पाण्डेले बताए । गुल्मी जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेका छन् । जसमध्ये गुल्मी १ प्रतिनिधि सभा सदस्य पदमा एमाले पार्टी सचिव गोर्कणराज विष्ट विजयी भएका छन् । एमाले नेता विष्टले एकिकृत समाजबादी पार्टी सचिव तथा गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई २ हजार ४४ मतान्तर सहित पराजित गरेका थिए ।
प्रदेश सभा (क)मा डिल्लीराज भुसाल र (ख) प्रदेश सभामा दिनेश पन्थी एमालेका द्धय नेता विजयी भएका छन् । गुल्मी १ प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले दिएका थिए । एमाले नेता ज्ञवालीलाई नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पराजित गरेका छन् ।
त्यस्तै प्रदेश सभा (क) चिन्तामणी पाण्डे र (ख) मा फर्सुराम पाण्डेले उम्मेदवारी दिएका थिए । त्यस्तै प्रदेश सभा (क)मा गठबन्धनका उम्मेदवार सुर्दशन बराललाई एमाले उम्मेदवार पाण्डेले पराजित गरेका छन् । प्रदेश (ख) मा एमाले उम्मेदवार फर्सुराम पाण्डेलाई गठबन्धनका उम्मेदवार धनेन्द्र कार्कीले पराजित गरेका थिए ।