धनेन्द्र कार्कीको चुनाव खर्च १६ लाख ५० हजार

0 136

 

हुमाकान्त पोखरेल, गुल्मी
२१ मंसिर । गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ मा विजयी उम्मेदवार धनेन्द्र कार्कीको चुनावी खर्च १६ लाख ५० हजार भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि उनले विभिन्न सात शिर्षकमा रकम खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । कार्कीले प्रचार–प्रसार सामग्रीमा दुई लाख ५० हजार, सवारी साधनमा आठ लाख एवम् कार्यालय संचालन र प्रतिनिधि परिचालनमा दुई लाख खर्च गरेका छन् । त्यस्तै ढुवानी, गोष्ठि तथा अन्तरक्रिया, छापा तथा विद्युतीय माध्यम र अन्य प्रचार–प्रसारमा एक÷एक लाख खर्च गरेको निर्वाचन कार्यालयमा पेश गरेको विवरणमा उल्लेख गरिएको छ । कार्की नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।