आजदेखि हट्यो निर्वाचन आचारसंहिता

0 148

 

निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनु भएको छ । आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।