सशस्त्र प्रहरी बल गुल्मीले ९ औं स्थापना दिवस मनायो

0 107

 

सशस्त्र प्रहरी बल गुल्मीले आफ्नो नवौं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सशस्त्र प्रहरी बल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालयका सहायक गुल्मीपति प्रहरी बरिष्ठ उपरीक्षक दिग बिजय सुवेदीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी हेडक्वाटर गुल्मीले मङ्गलबार आफ्नो कार्यालय परिसर रेसुङ्गा नगरपालिका १२ मा विभिन्न खेलकुद तथा औपचारिक कार्यक्रम गरि नवौं स्थापना दिवस मनाएको हो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट र प्रथम हुनेलाई प्रमुख अतिथि र विशेष अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।

ad

स्थापना दिवसको अवसरमा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालयका सहायक गुल्मीपति प्रहरी बरिष्ठ उपरीक्षक दिग बिजय सुवेदीले गुल्मीमा रहेको गुल्म भौतिक संरचनामा अब्बल रहेको र यसमा गुल्मीका पहिलो गुल्मपति टोप बहादुर खनाल सहितको मुख्य देन रहेको बताउनुभयो ।

बिपद् व्यवस्थापन, उद्दार, हुल तथा दङ्गा व्यवस्थापन र लुम्बिनी प्रदेशमा गत वर्ष उत्कृष्ट रहेको भन्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी हेडक्वाटरलाई प्रशंसा गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक निवन कुमार खड्काले प्रमुख अतिथि लगायत उपस्थित सबैलाई धन्यवाद दिनुभयो । उहाँले गुल्मीको गुल्म दरिलो जगका कारण आफुहरुलाई समेत सहज भएको बताउनुभयो ।

कार्यक्रममा गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, प्रहरी प्रमुख उपरीक्षक अर्जुन रानाभाट, प्रमुख अनुसन्धान अधिकृत दिनेश पोखरेल लगायत सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल अर्याल लगायतका पत्रकार तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।