रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमोन्सटेसन उडान गर्ने

0 151

सुमन महतारा

पौष ०८, गुल्मी – गुल्मीको सिमिचौरमा रहेको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमोन्सटेसन उडान गर्ने भएको छ । तत्कालीन संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदिपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको रेसुङ्गा विमानस्थलबाट तारा एयरले डेमोन्सटेसन उडान गर्ने भएको हो।

यसअघि २०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल कल साइन भएको विमानले परिक्षणको रुपमा उडान भरेको र उडान सफल भएको थियो । विमानस्थल धावनमार्ग ५ सय २० मिटर लम्बाई र चौडाइ २० मिटर छ । १५६ रोपनि जग्गामा फैलिएको विमानस्थलमा निर्माण सकिदा सम्म ३२ करोड ९० लाख रुपैयाँ खर्च भएको विमानस्थल गुल्मीका इन्जिनियर दिनेश परियारले बताए ।

ad

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले विमान चलाउने विषयमा गहन छलफल र आग्रह पछि पौष अन्तिम हप्तासम्म डेमोन्सटेसन उडान गर्ने छलफल भएको बताए । उनले भने “गुल्मेली जनताको प्लेन चढ्ने सपना पूरा छिटै हुनेछ, हामीले सक्दो छिटो सञ्चालन गरिदिन आग्रह गरेका छौं ।”

त्यस्तै तारा एयरलाइन्सका उप निर्देशक राप्के शेर्पाले पहिले डेमोन्सटेसनको रुपमा उडान गर्ने र त्यस्पश्चात सल्लाह गरेर अगाडि बढ्ने बताए ।

तत्कालिन सांसद भागवत ज्ञवालीको पहलमा गुल्मीको सिमिचौरमा रेसुङ्गा विमानस्थलको सर्भे भएको थियो । सुरुवाती चरणमा विमानस्थल निर्माणका लागि नेता प्रदिप कुमार ज्ञवालीको पहलमा १२ लाख रुपैयाँ र डा. चन्द्र भण्डारी सांसद हुदा १५ करोड रुपैयाँ बजेट बिनियोजित भएको थियो ।

विमानस्थल निर्माण सुरु भएको करिब १६ बर्षमा सकिएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।