पाँच मिनेटमा डेढ केजी भन्दा बढी सुन्तला खाने ब्यक्ति

0 190

 

हुमाकान्त पोखरेल, गुल्मी
०८ पौष । तपाई एक्कैछिन सोच्नुस् त, तपाई आफैले एक पटकमा कति सुन्तला खान सक्नुहुन्छ रु अझ भनौ तपाईले पाँच मिनेटमा कति सुन्तला खान सक्नुहुन्छ रु सुन्दा अचम्म लाग्न सक्छ तर गुल्मीमा एक युवाले पाँच मिनेटमा डेढ केजी भन्दा बढी सुन्तला खाएका छन् । बिहीबार छत्रकोट गाउँपालिकाको अनमोल कृषक समुहले वडा नम्बर ३ लुम्छामा ‘छत्रकोट सुन्तला महोत्सव’ को आयोजना गरेको थियो ।

सोही कार्यक्रममा सुन्तला खाने प्रतियोगिताको आयोजना गरिएको थियो । कुल छ जना प्रतियोगी प्रतियोगितामा पाँच मिनेटको अवधिमा सबैभन्दा धेरै सुन्तला खान सक्नेलाई विजेता घोषणा गर्ने कार्यक्रम थियो । प्रतियोगीलाई दुई÷दुई किलोको दरले सुन्तला दिइएको थियो । जसमा गाउँपालिकाको वडा नम्बर ४ दिगाम निवासी शुशिल खनालले एक किलो ६६५ ग्राम सुन्तला खाएर उत्कृष्ट पुरस्कार एक हजार जितेका छन् ।

ad

अर्का प्रतियोगी मनोज अर्यालले सोही अवधिमा एक किलो ४६० ग्राम, प्रेम पन्थले एक किलो ३४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरी प्रसाद कडेंलले ९६० ग्राम र रिजन पन्थले ४८५ ग्राम सुन्तला खाएको आयोजक झरना कडेंलले जानकारी दिइन् । अनमोल कृषक समुहले छत्रकोटका सुन्तलाको प्रवद्धन र प्रचार–प्रसारका लागि बिहीबार सुन्तला महोत्सवको आयोजना गरेको समुहका अध्यक्ष विष्णु प्रसाद पन्थले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।