विदेश त्यागेर गाउँमा बाख्रापालन, वार्षिक १५ लाख आम्दामी

0 136

गुल्मीः नौ वर्ष कतारको बसाई पश्चात गुल्मीका एक युवाले गाउँमै आएर बाख्रा पालन गरेर मनग्य आम्दामी गरेका छन् ।

जिल्लाको छत्रकोट गाउँपालिकावडा नं तीन का ३९ वर्षीय नारायण प्रसाद पन्तले अहिले जमुनापार ,खरी जातका ३८ वटा बाख्रा संगै ब्यवसायीक घाँस खेती गरेर वार्षिक १५ लाख जति आम्दामी गर्न थालेका छन् ।

कतारमा नौ वर्ष वेयटर काम गरेका पन्तले बिदेशमा भन्दा स्वदेशमानै केही गरौं भन्ने उद्येश्यले नेपाल आएर बाख्रा पालनमा लागेका हुन् । सुरुमा १५ लाखको लगानी गरेर बाख्रा पालन सुरु गरेका पन्तले छत्रदेवी कृषि तथा पशुपंछी फार्म दर्ता गरी ब्यवसायीक रुपमा नै घाँस र बाख्रा पालन गरेका छन् ।

ad

विगत २ वर्ष अगाडिबाट १५ लाखको लगानी गरेका पन्तले अहिले फार्ममा ६५ लाखको लगानी गरेका छन् । आफू र श्रीमती दुबै जनाले नेपालमै काम गरेर वार्षिक १५ लाख आम्दामी गर्दा आफूहरु खुसी रहेको पन्तले बताए।

बिदेशमा २५ लाख कमाई गर्नुभन्दा गाउँमै परिवारसंग बसेर १५ लाख आम्दामी गर्दा आफूलाई ५० लाख भन्दा बढी आम्दामी गरेको अनुभूति भएको उनको भनाई छ । पन्तले उर्जावान समय बिदेशमा खर्चिनु भन्दा स्वदेशको माटोमै काम गरे सुन फलाउन सकिने भएकाले युवाहरुलाई स्वदेशमानै ब्यवसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गरे ।

श्रीमान बिदेश र श्रीमती नेपालमा रहनुभन्दा नेपालमै संगै बसेर कृषि कर्म गर्न पाउँदा आफू सन्तुष्ट रहेको पन्तकी ३७ वर्षीय श्रीमती पार्वती थापा पन्तले बताइन् ।

सुख दुख जस्तो भएपनि गाउँकै माटोमा उत्पादन गरी संगै बस्नु र वार्षिक १५ लाख आम्दामी गर्न पाउँदा आफू खुसी रहेको उनको भनाई छ । पन्त दम्पतीका १४ वर्षीय छोरा र १० वर्षकी छोरी छन् ।
फार्मको नाममा गाउँपालिकाबाट दुई लाख, कृषि ज्ञान केन्द्रबाट एक लाख र भेटेरीनरी कार्यालय गुल्मीबाट एक लाख अनुदान पाएका छन् ।

 

पन्त दम्पतीले केन्द्र ,प्रदेश र स्थानीय सरकारले बोयर जातका बाख्रा र काम गर्नेलाई तालिम संगै अनुदानको ब्यवस्था गरिदिए अझै राम्रो हुने उनीहरुको भनाई छ ।

 

यता कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले काम गर्ने कृषकहरुको साथमा सधै आफूहरु रहेको बताए । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले युवाहरुलाई स्वदेशमै कृषि र पशुपालनका माध्यमबाट राम्रो आम्दामी गर्ने गरी दीर्घकालिन रुपमा टिकाई राख्ने गरी योजना बनाएको बताएका छन् ।

स्रोतः खबरमार्केट

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।