राधा माधव समितिद्धारा न्यानो कपडा वितरण

0 138

सूर्य सुनार पौष २१ गुल्मी
राधा माधव समिति अन्र्तरगत डिभाइन युथ क्लब नेपाल गुल्मीले न्यानो कपडा वितरण गरेको छ । जिल्लाको इस्मा गाउँपालिका ३ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । विद्यालयमा रहेका १७ जना विपन्न परिवारका बालबालिकाहरुलाई वितरण गरिएको हो । विहीबार राधा माधव समितिका संयोजक महाशर्मा भण्डारी र इस्मा गाउँपालिका अध्यक्ष भगतसिहं खड्काले न्यानो कपडा वितरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले राधा मावध समितिले आफनो गाउँपालिकामा आएर बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ । राधा मावध समिति सदस्यहरुले आफू संग रहेको थोरै पकेट मनिलाई बचाएर समय अनुकुल चिसो मौसममा न्यानो कपडा सहयोग गरेकोमा विद्यार्थी बालबालिकाहरुको भविष्य निर्माण गर्न सहयोग गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । इस्मा गाउँपालिकाले शिक्षाको क्षेत्रमा विभिन्न योजना बनाएर अगाडी बढिरहेको बताउनुभएको थियो । साथै आगमी दिनमा पनि यस्तै कार्यक्रम आफनो पालिका भित्र गर्न आग्रह समेत गर्नुभएको थियो ।

राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले संस्थाको उदेश्य भनेको नै सेवा गर्नु रहेको हुँदा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । साथै यसमा जोडिएर सहयोग गर्ने सबै प्रति संयोजक भण्डारी धन्यवाद व्यक्त गर्नुभएको थियो ।

ad

कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुवँर, शिक्षा शाखा प्रमुख लालबहादुर कुवँर, इस्मा गाउँपालिका १ का वडाध्यक्ष शेर बहादुर कुँवर २ का वडाध्यक्ष लोकनाथ आर्चाय राधा माधव समितिका सचिब ताराप्रसाद भुसाल र पत्रकारहरुको उपस्थित रहेको थियो ।

रातचौर प्राथमिक विद्यालयका विद्यार्थी बालबालिकाहरुलाई स्कुल झोला, सुइटर, टोपी वितरण गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सदस्य राजेन्द्र रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।