पेंगा निम्न माध्यामिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना

0 300

सूर्य सुनार माघ १६, गुल्मी

मुसिकोट नगरपालिका ३ पेंगा निम्न माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ खिल्ली निवासी शंखर पाण्डे, रमेश पाण्डेको आमा नरीदेवी पाण्डेको चौरासी पुजाको अवसरमा ५० हजार रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृति प्रदान गर्ने उदेश्य राखेर ५० हजार अक्षयकोष स्थापना गर्नु भएको हो ।

ad

शिक्षाको महत्व बुझी विपन्न विद्यार्थीहरूको शिक्षा आर्जनमा थप सहजता ल्याउन र असल नागरिकका रुपमा समाज सेवामा लाग्न प्रेरित गर्न अक्षयकोषले सहयोग गर्ने छ ।

पेंगा निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक अशोक सोमैले शिक्षाप्रेमी पाण्डेको परिवारलाई आगामी दिन सुखमय बनोस्, भनी विद्यालय परिवारको तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायु सहित हार्दिक धन्यवाद ज्ञापन पर्कट गर्नु भएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।