गुल्मी सेवा समाज युएइको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

0 890

अजय खड्का
फागुन १५,गुल्मी
गुल्मी सेवा समाज युएइको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।आइतबार गुल्मी सेवा समाज युएइले नौमती बाजाको साथमा युएइको मसाफी फुजेरामा सम्पन्न गरेको समाजका कार्यसमिति सदस्य अजित खड्काले जानाकारी दिनुभयो ।
यसरी बनभोज कार्यक्रम आयोजन गर्दा आफ्ना जिल्ला तथा देशबाट आएका दाजुभाई तथा दिदि बाहिनीहरु संग सामिप्यता बढ्ने समाजमा अध्यक्ष राम श्रेष्ठले बताउनुभयो । प्रवासी नेपालीहरु बिच अझ गहिरो सम्बन्ध स्थापना हुने भएकोले यस्तो किसीमको कार्यक्रम आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रमबाट प्रर्वासमा रहेर पनि जिल्ला बासिहरु विचको एकता कायम रहने संगै दैनिकी कामको थकाइबाट केहि राहत प्रदान हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।


कार्यक्रममा अध्यक्ष राम श्रेष्ठ उपध्यक्षहरु नोखा बस्नेत,सरस्वती पौडेल, बिष्णू भट्राई, हुमराज बिक जिबन कुवँर यस्तै महासचिव जिवन सिंह ठकुरी लगाएत सदस्यहरुको उपस्थिति रहेको थियो ।
समाजले गुल्मी जिल्लामा बिभिन्न समाजिक कार्यहरु समेत गर्दै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।