गुल्मीको रेसुंगा नगरपालिका पराल्मीमा विद्यालय भवनको शिलान्यास

0 127

सन्तोष महतारा फागुन १६, गुल्मी
गुल्मीको रेसुंगा नगरपालिकाको वडा नम्बर १४ पराल्मीमा विद्यालय भवनको शिलान्यास गरिएको छ । पराल्मीको जन विकास माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको मंगलबार नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलान्याश गर्नुभएको हो ।

पराल्मीमा कुल ५० लाख लागतमा विद्यालय भवन बन्नेछ । भवनको २०८० असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । भवनको शिलान्यास गर्दै नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिक्षा क्षेत्रमा क्रमबद्ध परिवर्तन गर्नेतर्फ आफुहरु लागेको बताउनुभयो । गुणस्तरीय शिक्षाको लागि विद्यालयका आधुनिकका भवनहरु पनि निर्माण गर्नुपर्ने नगरप्रमुख पन्थीको भनाइ छ ।

विद्यालयको भवन शिलान्यासपछि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुसँग छलफल गर्दै नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले समयमै काम सक्न आग्रह गर्नुभएको छ । उहाँले विद्यालयको नयाँ भवनले विद्यार्थीको अध्ययनमा सहजता ल्याउने पनि बताउनुभएको थियो । जन विकास माध्यमिक विद्यालय वि.सं. २०१५ मा स्थापना भएको थियो । विद्यालयको भवन बन्नेभएपछि स्थानीय प्रफुल्लित भएको सोही वडाका वडाध्यक्ष धन बहादुर पुनले बताउनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।