रेडक्रसको आयोजनामा मुसिकोटद्धारा क्षमता अभिवृद्धि गोष्ठी

0 188

सूर्य सुनार फागुन, २२ गुल्मी
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीको आयोजनामा क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ३ बडागाउँ उपशाखामा यही चैत्र ३ र ४ गते गोष्ठी कार्यक्रमको आयोजना गरिएको हो ।

एक आपसमा सम्बन्ध बिस्तार गर्ने तथा उपशाखाले गरेका कार्यहरुको समिक्षा तथा आगमी दिनमा चाल्नु पर्ने रणनीति सम्बन्धमा छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मुसिकोट बडागाउँ उपशाखा समितिका पूर्वकोषाध्यक्ष प्रेम जिसीले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको नवनिर्मित भवनको समेत उद्धघाटन गर्ने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा समितिका उपसचिब महेन्द्र घिमिरेले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा बाट आजिवन सदस्य हुनुभएका सदस्यहरुलाई सम्मान तथा जग्गादातालाई विशेष सम्मान गरिने भएको छ ।
जिल्लाभरका उपशाखाहरु यही चैत्र ३ देखी ४  गते सम्म उक्त गोष्ठीमा सहभागि हुने छन् । कार्यक्रममा दुई सय सम्म उपस्थित हुने अनुमान गरिएको छ ।
गुल्मी जिल्लामा एक जिल्ला शाखा, २४ वटा उपशाखा र १२० विद्यालयमा नेजुरेस समिति गठन गरिएको रेसुङ्गा नेपाल रेडक्रस सोसाइटीका सदस्य रेशम कुँवरले बताउनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।