जातीय भेदभाव तथा रंगभेद उन्मूलन दिवस गुल्मीमा पनि मनाइयो

0 131

गुल्मीमा ५८ औँ अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मूलन दिवस मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला समन्वय समितिको सभाहलमा जिल्लाका सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो ।
५८ औँ अन्तराष्ट्रिय भेदभाव तथा रंगभेद उन्मुलन दिवस २१ मर्च अर्थात २०२३ को अवसरमा जात व्यवस्थाको वर्तमान अवस्था र भावी दिशाका बारेमा नेकपा एमाले गुल्मीका सचिब गणेश श्रीपालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विश्वभर सबैप्रकारका रंगभेद तथा जातियभेद उन्मुलनको अवसरमा नेपालको जात व्यवस्था र भावी दिशा बारे कार्यपत्र प्रस्तुत गर्दै जातका आधारमा मात्र विभेद नभई सबै क्षेत्रमा रहेको बताउनुभएको थियो । उहाँले कतिपय समुदाय जात, त ? कतिपय समुदाय विभिन्न कारणले विभेदमा परेको उल्लेख गनर््ुभएको थियो ।
पछिल्लो समय दलित आन्दोलन कमजोर भन्दै गएको प्रति दुख व्यक्त गर्दै राजनितिक कारणले व्यक्ति विभाजित हुँदा आन्दोलनले सार्थकता पाउँन नसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले शिक्षा र सचेतना मार्फत विभेदको अत्य गर्न सकिनेमा जोड् दिएका थिए ।
सरकारी निकाय, राजनितिक दल, सामाजिक संघ संस्था, दलित समुदायसंग सम्बन्धित संघ संस्थाहरुले नेपाल सरकारले जारी गरेको नारा कार्यान्वय गर्न गराउन सामुहिक प्रतिवद्धता जाहेर गरेका छन् ।
दलित साझा मञ्च गुल्मीले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।