धरमपानी प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनिल न्यौपाने

0 361

धरमपानी प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनिल न्यौपाने निर्वाचित भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ धरमपानीमा रहेको विद्यालयको शनिबार विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल न्यौपानेको अध्यक्षतामा ९ जना सदस्य समिति गठन गरिएको विद्यालयले जनाएको छ । त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा शारदा घिमिरेको अध्यक्षतामा ९ जना समिति गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल न्यौपाने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल न्यौपानेले धरमपानी प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या न्यून रहेको हुँदा आफूले आउँदो शौक्षिक सत्र देखी विद्यार्थी संख्या वृद्धी गर्ने गरी काम गर्ने बताउनुभयो ।


नजिकको विद्यालय छाडे्र एक घण्टा लगाएर विद्यालय जानुपर्ने समस्याको अत्य गर्ने अध्यक्ष न्यौपानेको भनाई छ । आफ्नो कार्यकालमा भौतिक र शौक्षिक रुपमा विद्यालयलाई पूर्ण दिने उहाँले बताउनुभयो । विद्यालयको २०४५ सालमा स्थापना भएको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।