कोटेश्वर महादेव मन्दिर पुग्न घैंटेआँपमा पक्की पुल निमार्ण

0 148

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर कोटेश्वर मन्दिरमा पुग्नका लागी गिदी खोला घैंटेआँपमा पक्की पुल निमार्ण गरिएको छ । स्थानीयको सक्रियताले पक्की पुलको निर्माण गरि आइतबार उद्धाटन गरिएको हो । मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयको पहलमा धार्मीक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफामा पुग्नको लागि घैंटेआँप कोटेश्वर पुलको निर्माण भएको थियो ।

हाल रोजगारीको शिलशिलामा जापनमा रहेका आँपचौरका स्थानीय किरण खरेलले पुल निर्माणको अगुवाइ गरेका थिए । जस अन्तर्गत १३ मिटर लम्बाई र २ मिटर चौडाईको पक्की पुल रु सात लाख ६० हजारमा निर्माण सम्पन्न भएको छ । खरेल सहित हाल रोजगारी र व्यवसायको शिलशिलामा युरोप रहेका फडिन्द्र भण्डारी र देशबिदेशमा रहेका आँपचौरवासीले पक्की पुलको निर्माण गरेको स्थानीय डिल्लीराज अर्यालले जानकारी दिए ।निर्माण सम्पन्न पुलको आइतबार आँपचौरका सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीया दुर्गादत्त अर्यालले उद्धाटन गरे । उनले बिदेशमा रहेर पनि जन्मभूमिको माया लागेर गरेका कामले आफु प्रसन्न भएको बताउँदै सेवा गर्नु आँपचौरवासीको महानता रहेको बताएका थिए ।

मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले धार्मीक क्षेत्रमा जान वर्षायाममा भएको असहजता मेटाउने सबैलाई धन्यवाद ब्यक्त गरे । “बिदेशमा रहनुका आँपचौरवासीको सहयोग प्रशंसा योग्य छ”, उनले भने, “स्थानीयको सक्रियता भएमा असम्भव भन्ने केहि हुँदैन् ।” पुल निर्माणको लागि जय जय कोटेश्वर समूहले अभियान नै चलाएको थियो । जसमा देश तथा बिदेशमा रहेका आँपचौरवासीले आर्थिक सहयोग गरेका थिए ।

ad

पक्की पुलले मुसिकोट नगरपालिका–५ र चन्द्रकोट गाउँपालिका–८ लाई जोडेको छ । दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुलाई पक्की पुलले राहात प्रदान गर्नेछ । पुलका कारण कोटेश्वर क्षेत्रमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।