उपभोक्ता हित संरक्षण मञ्च नेपाल गुल्मीद्धारा गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र

0 246

सूर्य सुनार बैशाख २०, गुल्मी
उपभोक्ता हित संरक्षण मंच, जिल्ला कार्य समिति गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले एक कार्यक्रमका बिच ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
उपभोक्ताको हित, बस्तु र सेवाको स्वच्छता, गुणस्तरीयता सहजताको हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । उपभोक्ता र सेवाग्राहीले सहज र शुलभ तरीकाले सेवा पाउँन भन्ने उदेश्यले अस्पतालमा विभिन्न विषयमा ध्यानाकर्षण गरिएको संस्थाका अध्यक्ष केशर बहादुर थापाले जानकारी दिए ।
उपचारका लागि भर्ना भएका विरामीले पाउदै आएको खाना–खाजा गुणस्तरीय, स्वस्थ्य र सफा हुनु पर्ने, कम्पाउण्ड, विरामी कक्षहरु र शौचालय र पानीका धाराहरु स्वस्थ्य र मैलाको अविलम्व व्यवस्थापन गर्नु पर्ने, ओपिडी, इमेजेन्सी र ल्याब सेवा सहज, शुलभ र छिटो छरिता बनाउनु पर्ने, स्टार भवनलाई पार्टेशन गरी प्रयोगमा ल्याउन ल्याउन पर्ने , खोला साइडमा तारजाली वा पखालले परिसर घेर्ने , सर्भर र इकोरुमको एरिया फराकिलो बनाउने माग राखिएको छ ।
त्यस्तै चौविसै घण्टा गुणस्तरीय पानी र विद्युत आपूर्तिको लागि भरपर्दो व्यवस्था मिलाउन पर्ने, प्रसती कक्ष सफा र उछारिलो बनाउने ,जेष्ठ नागरिक, अपाङगता, गर्भवती महिलालाई दिने सेवा अझ धेरै सहज बनाउने, १० ब्रेस्ट फिडिङ कक्षलाई व्यवस्थित गर्ने, डायलासिस सेवाको व्यवस्था यथा शिघ्र शुरु गर्नु पर्ने, उपभोक्ता र स्टाफका लागि चिसो तातो र सफा पानीका लागि फिल्टरको व्यवस्था मिलाउन पर्ने जस्ता माग राखिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ , अस्पतालले दिदै आएको सेवा विगतको तुलनामा धेरै संधार भएको छ । अझै पनि त्यस अस्पतालले थप सुधार लागि प्रयास गर्नु पर्ने तमाम उपभोक्तहरुको माग रहेका छ । त्यसको लागि अस्पताल व्यवस्थापनले अविलम्ब सुधार गर्नको लागि यो ध्यानाकर्षण पत्रमा बुझाएको हो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।