गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

0 287

३ साउन, गुल्मी । पछिल्लो तीन बर्षयता गुल्मीमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढ.गुल्मीमा आर्थिक वर्ष ०७९÷०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जसले गर्दा राजस्व संकलनमा पनि बृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगती प्रतिवेदनमा यस वर्ष १५ हजार ८६ जनाले राहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै एक आर्थिक वर्षमा ७ करोड ३१ लाख ९० हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ मा ७ हजार ४ सय ९ जनाले राहदानी लिएका थिए । अघिल्लो आर्थिक वर्षमा ३ करोड ७१ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत वर्षको तुलनामा गएको आर्थिक वर्षमा राहदानी लिनेको संख्य र राजस्वमा दोब्बरले बृद्धि भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । प्रशासनले एक वर्षका उपलब्धी र आगामी कार्य योजना बारे सार्वजनिक गर्दै सेवाग्राहीहरु कसैको भनसुनमा नभई छिटो छरिटो तरिकाले प्रशासनले सेवा दिँदै आएको प्रमुख जिल्ला अधिकारी केसीको भनाई छ ।
यसवर्ष प्रशासनले बिभिन्न शिर्षकमा ७ करोड ३८ लाख १८ हजार ७ सय रुपैयाँ राजस्वर संकलन भएकोे छ । प्रशासनले राहदानी, संघ संस्था दर्ता वापत, संघ संस्था नविकरण, हातहतियार नविकरण, प्रशासनीक दण्ड जरिमाना, न्यायीक दण्ड जरिवाना, अन्य जरिवाना, परिक्षा शुल्क जस्ता शिर्षकमा राजस्व संकलन गरिएको हो ।
जिल्लामा अघिल्लो वर्षको तुलनामा नयाँ नागरिकता लिनेको संख्यामा भने कमी आएको छ । यसवर्ष १० हजार ३६७ जनाले नागरिकता लिएका छन् ।
अघिल्लो वर्ष १३ हजार ५९५ जनाले नागरिकता लिएका थिए । जिल्लामा उपभोक्ता हित विपरित गतिविधिहरु रोक्न २ सय १५ वटा पसलमा अनुगमन भएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।