प्रेस युनियन गुल्मीमा केन्द्रिय अध्यक्षले नै चयन गरेको नेतृत्व विवादमा , असन्तुष्ट बहुमत सदस्यद्धारा अर्को कार्य समिति गठन

0 94

साउन ५, गुल्मीः नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले घोषण गरेको गुल्मी जिल्लाको कार्यसमिति विरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषण गरेका छन् ।
बिहीबार नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल आफैले अध्यक्षमा रेशम कुवंरलाई निरन्तरता दिदै सर्वसम्मत नेतृत्वको चयन भन्दै फेसवुकमा बधाई राखे ।
केन्द्रिय प्रतिनिधी प्रेमनारायण आचार्यले हस्ताक्षर गरेको कार्यसमितिको नामवली सार्वजनिक भयो । तर, युनियनका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेको जनाएका छन् ।
बिधि बिधान बाहिर गएर मनोनयन र छलफल नगरेर निर्वाचन समितिलाई समेत लत्याएर केन्द्रिय अध्यक्ष लम्सालको ठाडो हस्तक्षेप आफुहरुलाई मान्य नहुने अध्यक्ष पदका उमेद्वार सुमन महताराले बताए ।


जिल्लामा ५९ जना सदस्य मध्ये ३८ जना बहुमत सदस्यको बिहान बसेको बैठकले सुमन महतरा अध्यक्ष रहेको १८ सदस्यीय नयाँ नेतृत्व गठन गरेको छ । उनीहरुले एकलौटी टाँसिएका १९ जना मध्ये १६ जना असन्तुष्ट रहेकाले आउने अर्को अधिवेशनसम्मको लागि कार्यसमिति शुन्य हुन नदिन समिति गठन गरिएको महताराले बताए ।

असन्तुष्ट पक्षले निर्वाचन समितिमार्फत केन्द्रमा निर्णय सच्याएर पुन अधिवेशनको माग गरेका छन् । उनीहरुले पुन निर्वाचन प्रक्रिया अगाडी नबढाएर बिद्रोह गर्ने चेतावनी दिएका छन् ।
असन्तुष्ट पक्षले घोषण गरेको कार्यसमितिमा सुमन महतारा अध्यक्ष, उपाध्यक्षमा प्रकाश घिमिरे र दीपक नेपाली,सचिबमा सागर भण्डारी ,सहसचिबमा चन्द्रकला राना र अनिल खत्री , कोषाध्यक्षमा नविन कार्की रहनुभएको छ । यस्तै सदस्यमा भुवन भुसाल,अनिष पन्थी,भुवन काफले,पुजा बिश्वकर्मा,करिष्मा अर्याल,माधव खरेल,कबिराज भुसाल,मोहन गौतम,सुरज कार्की,दधिराम भुसाल , रमेश पन्थी रहेको सचिब सागर भण्डारीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
केन्द्रिय प्रतिनिधी प्रेम नारायण आचार्यले जारी गरेको निर्वाचितको विवरण अनुसार १९ जनाको कार्यसमिति मध्ये अध्यक्ष रेशम कुवंर, उपाध्यक्ष रमेश विश्वकर्मा र सदस्य मनु सुनार बाहेक उपाध्यक्ष दिपक नेपाली, सचिव सुमन महतारा, सहसचिव सन्तोष महतारा र चन्द्रकला राना, कोषाध्यक्ष नविन कार्कीसहितका १६ जनाले असहमति राखेका थिए ।

ad

नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधी प्रेम नारायण आचार्यले केन्द्रिय अध्यक्षकै उपस्थितीमा भएको निर्णय सच्चिने संभावना कम रहेको बताए । उनले सहमतिकै आधारमा समिति निर्माण गरिएको दाबी गरे ।
नेपाल प्रेस युनियनको नवौ जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता भिम न्यौपानले केन्द्रले हस्तक्षेप गरेपछि असहमतिको बीचमा आफुले काम गर्न नसकेको बताए ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।