सफल युवा क्बलद्धारा गुल्मी रुपन्देही सम्पर्क समिति गठन

0 362

साउन २१ गुल्मी
सफल युवा क्बल मुसिकोट नगरपालिका गुल्मीले रुपन्देही सम्पर्क समिति गठन गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवलमा सुनिल नेपालीको अध्यक्षतामा ७ सदस्य समिति गठन गरिएको क्लबका उपाध्यक्ष सपना फुल्देलले जानकारी दिइन् ।जसमा सचिबमा प्रबिन सुनार रहेका छन् । मनोज आचार्य, सपना पुरी, सुजन सुनार, रचना कार्की, राहुल खड्का सदस्यमा रहेको उपाध्यक्ष फुल्देलले बताइन् ।

गुल्मी र रुपन्देहीमा रहेका युवाहरुलाई एक ठाउँमा लिने र समस्या पर्दा सहजीकरण गर्ने उदेश्यले सम्पर्क समिति गठन गरिएको क्लबका अध्यक्ष सुनिल न्यौपाने बताए । गुल्मीका युवाहरुलाई कुनै पनि प्रकारको समस्या पर्दा सफल युवा क्लबका साथीहरुले रुपन्देहीमा सहजीकरण गर्ने उदेश्य रहेको न्यौपानेको भनाई छ ।
क्लब दर्ता भएपछि सामाजिक क्षेत्रमा क्लबले छोटो समयमै उदारणीय काम गरेको बताउँदै सामाजिक क्षेत्रमा यस्ता कामलाई निरन्तता दिने न्यौपानेको भनाई छ ।
सम्पर्क समिति पदाधिकारीहरुलाइ बधाई तथा शुभकाम दिदै सधै सक्रिय भई सामाजिक क्षेत्रमा लाग्न अध्यक्ष न्यौपानेले आग्रह गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।