गुल्मीदरबारमा वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

0 124

अनिल खत्री साउन २२, गुल्मी
गुल्मीमा स्थानीय तहले वार्षिक प्रगती समिक्षाको सुरुवात गरेका छन् । गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा विभिन्न क्षेत्रमा गरेका कामहरु बारेमा प्रगती समिक्षा गरिएको हो ।
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८०मा गाउँपालिकाद्धारा सम्पादन भएका कार्यहरुको बार्षिक समिक्षा गरेको हो ।

पालिकामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको उपस्थितीमा वार्षिक रुपमा पालिकाले कामहरुको बारेमा प्रगती समिक्षा गरिएको थियो । गाउँपालिकाले बिषयगत शाखाका प्रमुखहरुद्धारा एक वर्षमा सम्पादन भएका कार्यहरुको प्रगति प्रस्तुत गरिएको थियो ।
वार्षिक रुपमा गरेका कामहरुको समिक्षा गरेर आगामी दिनमा गरिने कामहरुको योजना समेत बनाएर अगाडी पालिकाले लक्ष्य लिएको छ ।

पालिकाले पूर्वाधारको क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । केहि महिना अघि पालिका नेपालमै पहिलो पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपलिका घाषणा गरिएको छ । पालिकामा १५ शैयाको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ । जसले गर्दा पालिका हरेक क्षेत्रमा अब्बल बन्दै गएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।