आँखा पाक्ने रोग बढ्दै गएपछि तम्घासका विद्यालय बन्द

0 237

सूर्य सुनार साउन २६, गुल्मी
आँखा पाक्ने रोगको संक्रमण बढ्दैै जाँन थालेपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा विद्यालयहरु बन्द भएका छन् । आँखा पाक्ने संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गरिएको हो ।
सामुदायिक विद्यालय तर्फ सिद्धबाबा माध्यामिक विद्यालय, रेसुङ्गा माध्यामिक विद्यालय, महेन्द्र नमूना माध्यामिक विद्यालय बन्द रहेको रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए ।
त्यस्तै गण्डकी इङ्गलिस बोङिग स्कूल र आर्दश विद्या आश्रम विद्यालय बन्द रहेको नगरपालिकाले जनाएको छ । आँखा पाक्ने रोग (एडिनो भाइरस) को संक्रमण बढ्दै गएपछि संक्रमण फैलिन नदिन विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले बताए ।
रेसुङ्गा नगरपालिकामा बन्द रहेका विद्यालयमा आँखा पाक्ने रोगका बिरामी बढेपछि आवश्यकताको आधारमा विद्यालय बन्द गरिएको पन्थीले बताए । आँखा पाक्ने रोगले संक्रमण नगरेको विद्यालय बन्द नगरिएको नगरपालिकाले जनाएको छ ।
आँखा पाक्ने समस्या बढ्दै गएपछि रेसुङ्गा नगरपालिकाका केही विद्यालय बन्द भएको तर ग्रामीण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण नफैलिएको जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीले बताए ।
आँखामा अझ बढी समस्या देखा परेमा नजिकको आँखा उपचार केन्द्रमा गएर परीक्षण गर्न र चिकित्सकको सल्लाह लिएर औषधीको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।