एमाले छत्रकोटले टुंग्यायो प्रदेश प्रतिनिधि

0 304

अमर पन्थ

भदौ ०९, गुल्मी ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यही भदौ १६ र १७ गते बुटवल- १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ सोहीअनुसार छत्रकोट नेकपा एमाले छत्रकोटले पनि प्रतिनिधीको सर्वसम्मत टुंगो लगाएको छ। प्रतिनिधिहरु खुलातर्फ परशुराम पाण्डे ,पीताम्बर अर्याल , डिलाराम न्यौपाने, रामप्रसाद पाण्डे, हेम बहादुर थापा (हिमाल), मधुकृष्ण पन्थ, महिलातर्फ लक्ष्मी पन्थ न्यौपाने, सावित्रा ज्ञवाली, नर्मता भण्डारी र दलित तर्फ दुर्गा सुनवार सर्वसम्मत छनोट भएको पालिका कमिटी सचिव यज्ञ बहादुर पाण्डेले जानकारी दिए ।

ad

अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु आउने छन् ।

सातै प्रदेशमध्ये सबैभन्दा पहिले लुम्बिनी प्रदेश कमिटीले अधिवेशन गर्न लागेको हो। उक्त अधिवेशनमा लुम्बिनी प्रदेशका कुल ८२ हजार ३ सय ३ पार्टी सदस्यहरू मध्येबाट १ हजार भन्दा बढी प्रतिनिधि छनोट हुने छन्।

एमालेले लुम्बिनी प्रदेशका १ सय ९ वटै पालिकाबाट भदौ ९ गते एकैदिन प्रतिनिधि छनोट गर्ने तालिका सार्वजनिक गरेको थियो।

अधिवेशन प्रतिनिधिका लागि एमालेले खुलातर्फ १ सय जना पार्टी सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना सदस्य बराबर १, जनसंगठनतर्फ प्रदेशबाट महासंघलाई ५ जना र अन्यबाट ३ जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी मापदण्ड तय गरेको जनाएको छ। त्यस्तै सोमबार बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष भन्दामुनिका युवा अनिवार्य निर्वाचित गर्न पनि निर्देशन दिएको थियो।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।