रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले मनायो छैठौँ वार्षिकोत्सव

0 152

भदौ १५, गुल्मी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले आफ्नो स्थापनाको छैठौँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार कार्यालयले ६ वर्ष पुगेकोे उपालक्ष्यमा केक काटे्र वार्षिकोत्सव मनाएको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले १४ प्रकारका जीवज वीमा संचालन गर्दै सामान्य वर्गलाई जोड्ने गरी इन्स्योरेन्सले वीमाका कार्यक्रम संचालन गरेको कार्यालय शाखा प्रमुख कुशराज खनालले जानकारी दिए । इन्स्योरेन्सले दुर्घटना, मृत्यु, लाभ, घातक रोग सुविधा, अस्पताल भर्ना नगद सुविधा लगायतका सुविधा प्रदान गरेको शाखा प्रमुख खनालले बताए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले जिल्लामा २ वर्ष अघि कार्यालयको स्थापना गरि सेवा सञ्चालन गरेको हो । बजार व्यवस्थापक कृष्णा घर्तिले स्थापनाको छोटो समय मै कार्यालयले सबैको मन जित्न सफल भएको बताइन । हालसम्म जिल्लामा ९० भन्दा बढी बीमाकर्ता रहेको बताइन । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा झण्डै १ करोडको कारोबार गर्न सफल भएको थियो । तम्घासको साहुटोलमा कार्यालय रहेको कम्पनीले सबैको बिश्वास जित्दै गएको छ । सामाजिक उत्तरदात्यिव अन्र्तगत कार्य गदै आएको छ । आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न लक्षित गरी नयाँ जीवन बिमा योजना ल्याउदै ६ वर्षमा पुगेकोे हो । यस कम्पनीले व्यक्ति तथा संस्था सुहाउँदो विभिन्न किसिमको नयाँ–नयाँ जीवन बिमा योजनाहरूलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो दह्रो उपस्थिति जनाउने लक्ष्य लिएको शाखा प्रमुख कुशराज खनालको भनाई छ । रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लि. गुल्मीले जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्दै आएको जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।