विगत ८ दिन देखि हराइरहेकी गुल्मीकी ७० वर्षीया वृद्धा मृत फेला

0 173

 

 

गुल्मी । गुल्मीमा हराइरहेकी ७० वर्षीया वृद्धा मृत फेला परेकी छिन् । विगत आठ दिनदेखि हराइरहेकी जिल्लाको इस्मा गाउँपालिका(५ की ७० वर्षीया ज्ञानुमाया बस्नेत सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

 

उनका अनुसार, हराइरहेकी बस्नेत गाउँपालिकाको वडा नम्बर ४ कुबिन्ने भन्ने स्थानको जंगलमा मृत फेला परेकी हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको छ ।

 

ad

मृतक बस्नेतको गुल्मीको सदरमुकाम स्थित गुल्मी अस्पतालमा पोष्टमार्टमपछि अन्त्येष्टि गरिनेछ । ज्ञानुमाया बस्नेत वास्तविक नाम भएकी ठुलाघरे कान्छी दिदि भनेर चिनिने बस्नेत सोमबार गत दिउँसोदेखि सम्पर्कबिहिन भएको आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले खोजीकार्य तिव्र पारेको थियो ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरीले जनाएको छ । सम्पर्कबिहिन ज्ञानुमाया १७ वर्षअघि श्रीमान बेपत्ता भएपछि एक्लै बस्दै आएकी थिइन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।