कृष्ण जन्माष्टमीको अवसरमा तम्घासमा रोपाइँ जात्रा

विभिन्न साँस्कृतिक प्रदर्शनी पनि गरिएको थियो ।

0 242

अनिल खत्री
२१ भदौ, गुल्मी । कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित रोपाई जात्रा मनाइएको छ । कृष्ण जन्माष्टमीको अर्को दिन बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि जिल्लाको सदरमुकाम तम्घासमा बिविध कार्यक्रम सहित रोपाइँ जात्रा गरेर मनाएका हुन ।

जिल्ला स्थित तम्घास स्थान मन्दिर व्यवस्थापन समिति, राधा माधव समिति, सत्यसाही केन्द्र, पतञ्जलि योग समिति गुल्मी, ब्रहर्मा कुमारी इश्वरी विश्व बिद्यालय, नेवा खल लगायत आदा दर्जन संघ संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेका थिए ।

मन्दीर व्यवस्थापन समिति सहितका संघसंस्थाले श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्यव्याग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक कार्यक्रम गरेका थिए ।
तम्घास बजारका बिभिन्न स्थानसँगै चिदिचौर खेल मैदानमा पुगेर बिविध कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

ad

रोपाइँ जात्रा तथा बिबिध साँस्कृतिक कार्यक्रममा बिभिन्न बिभिन्न घटनाक्रमसँग समन्धी हाँस्य व्याग्य प्रस्तुति, खेत रोपाइँको क्रममा गाईने वाली भाका गाएर तम्घास बजार रमाईलो मय बनेको थियो ।

रोपाइँ जात्रासँगै साँस्कृतिक कार्यक्रम हेर्न जिल्लाका बिभिन्न स्थानबाट मानिहरू आएका थिए । अहिलेका नयाँ पुस्ताले पुराना संस्कार र सँस्कृतिहरु बिर्सिदै जान थालेसँगै तम्घासका संघ संस्थाहरुले कला, संस्कृतिको संरक्षण र संम्र्वद्धनको लागि कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।