तम्घास बृहत खानेपानी उपभोक्ता समितिको आठौं साधारण सभा सम्पन्न

0 187

गुल्मी जिल्लाकै सबै भन्दा पुरानो र पहिलो लिफ्टङ्ग खानेपानी आयोजना ,तम्घास बृहत खानेपानी उपभोक्ता समितिको आठौं साधारण सभा सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचार –प्रसार गर्ने उदेश्यले आठौं साधारण सभा गर्जुरा पार्क रेसुङ्गामा आयोजना गरिएको थियो ।

२०२४ सालमा चारिखोलाको मुहान प्रयोग गरि २१ वटा धाराबाट तम्घास खानेपानी योजना स्थापना भएको थियो । संस्थापक अध्यक्ष तत्कालिन जिल्ला पन्चायतका सभापती मित्रबहादुर रायमाझी थिए । अहिले ७२७ र अन्य गरि ८५२ “घरधुरीका करिव १५ हजार नगरवासीले पानी पिउने साधरण सभामा सचिव दुर्गाप्रसाद पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । साधारण सभामा सचिब पाण्डेले एक करोड ५८ लाख सात सय ६५ रकम बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तम्घास बृहत खानेपानी योजनाको लिफ्ट सिफ्टम खानेपानी योजना जिल्लाको पहिलो लिफ्ट सिस्टम खानेपानी योजना हो । जिल्लामा लिफ्ट सिस्टम खानेपानी योजनाको अवधारणा भित्राउने पहिलो ब्यक्ति त्यस खानेपानी योजनाका निवर्तमान अध्यक्ष तथा काङ्ग्रेस नेता भुवनप्रसाद श्रेष्ठ हुन । साबिक तम्घास गाबिस अध्यक्ष हुँदै २०५४ साल देखि गत बर्ष सम्म अनवरत २६ बर्ष सम्म अध्यक्ष रहेका श्रेष्ठको योगदानलाई रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सम्मान भाव ब्यक्त गरे ।

ad

अझै पनि स्वछ र शुलभ खानेपानी उपलब्ध गराउन चुनौतीको बिषय रहेको भन्दै नगरपालिकाले हरेक कुरामा सहयोग गर्ने र निर्माणधिन रेसुङ्गा मझेङ्ग खानेपानी योजना सम्पन्न भए पछि त्यो चुनौतिको सामना गर्न सकिने मेयर पन्थीको भनाई थियो । पन्थीले समृद्धिको पहिलो आधार शुद्ध खानेपानी भएको बताउदै सबै जनताको घर–घरमा खानेपानी पुराउन नगरपालिकाका प्रयासरत रहेको बताए ।

त्यस्तै तम्घास बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले उपभोक्ता समितिले काम गरिरहेको उल्लेख्य गर्दै पानीको महसुल तथा अन्य विविध विषयमा सबै शीत सल्लाह गरेर अघि बढ्ने बताउनु भयो ।

साधारण सभामा ,सहायक प्रमुख जिल्ला अधिलाकारी हरि प्रसाद गैरे, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख अनौज उपाध्याय, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा समितिका पुर्व अध्यक्ष भुवन प्रसाद श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसाल, मझाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष थमन बहादुर केसी,उपभोक्ता हरि कुमार श्रेष्ठ लगायतले मनतव्य राख्दै शुद्ध र सर्वसुलभ खानेपानी जनतलाई पुराउनु पर्नेमा जोड दिनुभयो । तम्घास बृहत् खानेपानीले जिल्लामा पहिलो पटक लिफ्ट सिस्टम खानेपानी योजना सफल पारे पछि जिल्लाभर लिफ्ट खानेपानी योजनाको लहर नै चलेको छ । यसर्थ पनि यो खानेपानी योजना नमुना मानिन्छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।