संविधान दिवस : चन्द्रकोटले अन्तरक्रिया तथा शुभकामना सहित विविध कार्यक्रमका साथ मनायो ।

0 228

आश्विन ४ गुल्मी ।

संविधान दिवस २०८० को अवसरमा बुधवार चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा अन्तरक्रिया एवंम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षतामा संचालित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, निवर्तमान उपाध्यक्ष राधिका अर्याल, प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, निवर्तमान वडाध्यक्ष तथा कार्यपालिका सदस्यज्युहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय समाजसेवी, बुद्दिजिवि, नेपाल प्रहरी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ad

कार्यक्रममा बोल्दै विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले संविधान कार्यान्वयनको सन्दर्भमा केहि चुनौतीहरु देखिएता पनि यसको संस्थागतीकरण गर्दै लैजानुको विकल्प नभएको वताएका थिए । विगतका संविधान भन्दा यो संविधान नागरिककाहक र अधिकार स्थापित गर्नका लागि निकै महत्वपूर्ण रहेको वताउँदै राज्यले संविधानले निर्दिष्ट गरेका अन्य कानुनहरु समयमै निर्माण गर्नुपर्ने आवश्यकता औल्याउदै कार्यक्रममा बोल्ने बक्ताहरुले ३ तहको संघिय संरचना सहितको नेपालको संविधान अनुरुप स्थापित नागरिकको सबै भन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार बलियो हुनुपर्ने र अधिकांश नागरिकका जिवनस्तर संग सम्बन्धित पक्षहरुमा स्थानिय सरकार सदैव सचेत हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै निवर्तमान उपाध्यक्ष राधिका अर्यालले जनताको हरेक तह र तप्काको समस्याको दीर्घकालीन समाधानको लागि लाग्नुपर्नुपर्ने वताउनुभयो । अघिल्लो कार्यकालमा भएका राम्रा पक्षहरुलाई निरन्तरता दिदै बर्तमान स्थानीय सरकारले केहि नयाँ गर्न खोजेको आभाष पाएको बताउँदै सबै राम्रा काममा पूर्व जनप्रतिनिधिका हिसावले सदैव रचनात्मक सहयोग हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जनताको हितका खातिर स्थानीय सरकार रहको र यसमा सबैको हातेमालोको आवश्यकता रहेको वताउनुभयो । हामी संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण र नागरिकको सबैभन्दा नजिकको सरकार संचालनको जिम्मेबारी पाउँदै गर्दा जनताले अमुल्यम मतबाट जाहेर गरेको आकांक्षा पूरा गर्न लागिरहेको बताउनु भयो । यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष युवराज केसीले सबल एबम् सक्षम चन्द्रकोटको विशेष अभिलाशा पुरा गर्न बर्तमान स्थानीय सरकार सबैसँग हातेमालो गर्न तयार रहेको बताउँदै संविधानमै असंशोधनीय भनेर किटान गरेका विषयबाहेक आवश्यकताका आधारमा संविधान समयानुकुल संशोधन हुँदै जानसक्ने दस्ताबेज रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारको लागि संविधानले निर्दिष्ट गरेका अधिकार तथा साझा अधिकार सूचीमा क्रमश आवश्यक कानुन बनाउदै कार्यान्वयन गर्दै गैरहेको बताउनुभयो ।

आफ्नो नेतृत्वमा रहेको स्थानीय सरकारको मुख्य काम भनेको शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण एबम् सार्वजनिक सेवा प्रवाह रहेको बताउँदै यसका लागि सबै तह र तप्काले सहयोग गर्नुपर्ने बताउनुभयो । हामी संविधानको दीगो पनाको लागि तत्पर रहेको बछौ उहाँले भन्नुभयो, संविधान कार्यान्वयनका सन्दर्भमा स्थानीय सरकारलाई दिईएका अधिकारका सन्दर्भमा संघीय तथा प्रादेशिक सरकारको रचनात्मक साथ र सहयोगको अपेक्षा गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बोल्ने बक्ता तथा उपस्थिति सबैले संविधान दिवसको शुभकामना साटासाट गरेका थिए । भने कार्यालयको मुख्य प्रशासनीक भवनमा झण्डोत्वलन तथा हरेक वडाहरुमा झण्डोत्वलन साथै वेलुका गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा दीप प्रज्वलन समेत गरिएको थियो भने कार्यक्रमको संचालन प्रशासन अधिकृत शिव ज्ञवालीले गर्नुभएको थियो।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।