शहरको सुख्ख छोडेर गाउँमै भैंसी पालन व्यवसायमा रमाउदै मेघनाथ

0 164

अनिल खत्री
१९ असोज, गुल्मी । कोरोना महामारी र त्यसबाट उत्पन्न आर्थिक समस्यासँग जुध्न गुल्मीका ग्रामीण बस्तीहरुमा शहरबाट फर्केर व्यवसायिक रुपमै विभिन्न व्यवसायहरु शुरु भए । तर कतिपय केहि समयमै बन्द भए भने केहिले अझै पनि समाजमा उदारणीय कृषक बनेका छन् ।

गुल्मी जिल्लामा व्यवसायिक रुपमै भैंसी पालन गर्न ठूला ठूला फमहरु पनि खुलेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ चौरासीमा मेघनाथ अर्यालले व्यवसायिक रुपमै भैंसी पालन गदै आउनु भएको छ ।
कोरोना महामारीको समयमा शहरको सुख्खको जीवन त्यागेर गाउँ भैँसी पालन गर्दै आउनु भएको हो । आफु जन्मेको ठाउँमा केही गर्नु पर्छ भनेर मेघनाथ अर्यालले भैसी पालन गर्नुभएको छ ।
गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मेहनत पछि बुटवलमा बस्नुभयो । बुटवलमा १६ वर्ष बस्नु भएका अर्यालले शहरको सुख्ख छोडेर भैँसी पालन व्यवसायलाई अगाल्दै आउनु भएको छ ।
अर्यालको फममा अहिले माहु भैँसी २७ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । गाउँमै केहि गर्नुपर्छ भनेर कृषि गर्दै आएपनि कामदारको समस्या रहेको अर्यालको भनाइ छ ।
बेरोजगारिको समस्या भनेपनि गाउँमा काम गर्ने मान्छे पाउन निकै मुस्किल रहेको अर्यालले बताउनुभयो । अर्यालले व्यवस्थित रुपमा गोठ र आवश्यक यन्त्र, उपकरणहरु जोहो गरेर भैँसी पालन गर्नुभएको छ ।
हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ । उत्पादीत दूध जिल्ला सदरमुकाम तम्घासमा बिक्री भइरहेको छ । दुई वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवासायबाट स्थानीय १० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

अर्यालले निकट भबिश्यमा दैनिक ५ लाखको दूध बिक्री गर्ने गरि योजना रहेको छ । त्यसका लागि वर्षेनी लगानी बढाउदै भैँसी थप्दै गएको अर्यालले बताउनुभयो ।
बजारमा गाईको दूध भन्दा भैँसीको दूधको माग बढि हुनथालेपछि भँैसीपालन पेशा तर्फ आकर्षण बढन थालेको छ । भैँसी पालक कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सवो बिज्ञ केन्द्र गुल्मीले गर्दै आएको पशु विकास अधिकृत हुमाकान्त पाण्डेले बताउनुभयो ।

ad

उहाँले पुशको स्वास्थ्य उपचारसँगै विभिन्न खालका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताउनुभयो । त्यस्तै उत्पादन भएको वस्तुलाई बजारसँग जोडने काम पनि कार्यालयले गर्ने पाण्डेको भनाइ छ ।

पशु पालनमा लगानी अनुसार उत्पादन नहुनु र कामदार पनि नपाउनुले धेरै कृषकहरुलाई समस्या पर्दै आएको छ । बजारमा अन्य वस्तुको जस्तै पशु पालक कृषकले उत्पादन गरेका वस्तुको मूल्य नबढनुले बास्ताविक कृषकहरु मारमा परेको पाण्डेले बताउनुभयो ।

अर्यालले भैँसी पालनसँगै धान खेती पनि गरेका छन् । भैँसीको मललाई सदुपयोग गर्दै करिब १ सय बढि रोपनी क्षेत्रफलमा धान खेती पनि गर्दै आउनु भएको छ ।
आफ्नै करिब ७० रोपनी र भाडामा लिएर ४२ मा धान खेती पनि गरेका छन् । उत्पादीत धान पनि बिक्री गर्ने लक्ष्य उनको रहेको छ ।
उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको अर्यालको भनाइ छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।