मुसिकोट नगरपालिकामा च्याउ खेती सम्बन्धी तालिम प्रदान

0 845

सुर्य सुनार मंसिर १६ गुल्मी

मुसिकोट नगरपालिका ८ ले ४० जना किसानलाई च्याउ खेती प्रविधी तालिम प्रदान गरेको छ । आर्थिक वर्ष २०८०÷ ०८१ को नीति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको वडाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।

वडा भित्र व्यवसायिक रुपमा च्याउ खेती गर्न चाहेका कृषकहरुलाई तालिम दिइएको हो । तालिम पाएपछि किसान पनि खुसी भएका छन् । च्याउ खेती कसरी गर्ने, च्याउ खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु, च्याउमा रोग लाग्ने, कसरी रोगको समधान गर्ने भन्ने विषयमा तालिम दिइएको थियो ।

ad

वडा कार्यालयको एक लाख बजेटमा ४० जना कृषकलाई २ दिन तालिम दिएको वडाध्यक्ष विश्वकर्माले बताए ।

मुसिकोट नगरपालिका ८ मा आफू निर्वाचित भएर आएपछि कृषिको क्षेत्रमा धेरै काम गरेको वडाध्यक्ष विश्वकर्माले बताए । पछिल्लो समय गाउँ छोड्दै विदेश जाने युवाहरुको संख्या बढ्दै गएको हुँदा वडा भित्र विदेश जाने जनशक्तिलाई यही टिकही राख्न सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
मुसिकोट नगरपालिकाको कृषि शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।कृषि शाखा प्रमुख जनक पौडेल, वडा सदस्यहरु र स्थानीयको उपस्थित रहेको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।