पृथ्वी माध्यामिक विद्यालयको ६७ औँ वार्षिकोत्सव सम्पन्न

0 302

सूर्य सुनार मंसिर २५, गुल्मी
गुल्मी मुसिकोट नगरपालिका ३ अवस्थित पृथ्वी माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले छात्रा र छात्र विच भलिबल प्रतियोगिता,गायन प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयलले जनाएको छ ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण, गरिब, जेहेनदार बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य रुपा विश्वकर्माले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यपक चन्द्रबहादुर पाण्डेले विद्यालयको शौक्षिक, भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय संचालनमा सहयोग गर्ने सबैमा धन्यबाद दिनुभएको थियो । नगरमा मात्र नभई जिल्लाभर गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिलाउन विद्यालय प्रशासन लागेको र यसमा सबैले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।

ad

कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले विद्यालयको ६७ औँ वार्षिकोत्सव अवसरमाको शुभकामना व्यक्त गर्दै शौक्षिक क्षेत्रमा विद्यालयले राम्रो प्रगति गरेको बताउनुभयो । उहाँले कार्यक्रम बोल्दै नगरपालिकाले नगरभित्र शैक्षिक सुधार र गुणस्तरीय बनाउन आवश्यक कार्ययोजना तय गरेको समेत बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती घिमिरेले गुणस्तरीय शिक्षाका लागी शिक्षक अभिभावक, विद्यार्थीको त्रिकोणात्म सम्वन्ध हुनुपर्ने भन्दै त्रिपक्षीय आधार बाट गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन समिति लागि परेको बताउनुभयो ।
केशरजित घिमिरे स्मृति जेहेन्दार छात्रवृत्ति वितरण समेत गरिएको थियो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, समाजसेवी, पत्रकार अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।