जन्मदिनमा आशा अपाङ्ग केन्द्रलाई खाद्यान्न सहयोग

0 1,342

सूर्य सुनार पौष ३ गुल्मी
पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा गुल्मी उद्योग सघंका वरिष्ठ उपाध्यक्ष जनक पन्थले आफ्नो जन्मदिनको खर्च आशा अपाङ्ग केन्द्र गुल्मीलाई सहयोग गर्नुभएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा व्यवसाय गर्दै आउनुभएका पन्थले जन्मदिनको खर्च कटाएर आशा अपाङ्ग केन्द्रलाई नगद सहित खाद्ययन्न सहयोग गर्नुभएको हो ।
जन्म दिनमा हुने फजुल खर्चलाई आफूले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको पन्थले बताउनुभयो ।
आशा अपाङ्ग केन्द्र गुल्मीलाई विभिन्न समयमा आएर यहाँको मर्म अनुसार सहयोग गरेको प्रति आशा अपाङ्ग केन्द्र गुल्मीका लेखापाल अमृत विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
पन्थले यस अघि पनि आशा अपाङ्ग केन्द्र गुल्मीलाई र वृद्धाआश्रममा गएर आफ्नो जन्म दिन मनाउनुभएको थियो ।
तम्घासमा व्यवसाय गर्दै आउनुभएका पन्थ विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहनुभएको छ । उहाँ लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा गुल्मीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।