विबाहको खर्च रकम कटाएर गाउँमै स्वास्थ्य शिबिर

0 1,781

अनिल खत्री पौष १४, गुल्मी
हाम्रो समाजमा विबाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विबाहको खर्च रकम कटाएर आफनै गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेका छन् ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ निवासी संचारकर्मी मोहन बस्नेतले बिहेको भोज खर्च रकम कटाएर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुभएको हो ।
निःशुल्क स्वास्थ्य शिबिर उपचार गर्न पाउदा स्थानीय खुसी थिए । बिहेको भोजमा हुने फजुल खर्च बचाएर समाजमा यस्ता खालका कामले अरुलाई पनि पाठ सिकाउने स्थानीयको भनाइ छ ।
बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको उहाँले बताउनुभयो ।
शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर, छाती तथा मुटु रोग विशेषज्ञ डाक्टर, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर र नशा तथा मनोरोग विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा निःशुल्क औषधिको समेत ब्यवस्था गरिएको थियो । निःशुल्क इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको समेत प्रवन्ध मिलाइएको थियो । बस्नेतले यस अगाडि पनि विपन्न तथा असाहय दिनदुखीहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।